१० असार २०८३, बुधबार | June 24, 2026

एमाले महाधिवेशन : मतगणना सुरु



काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ।

केन्द्रीय निर्वाचन आयोगले ८० वटै मतदान मेसिनबाट चिप्स निकाल्ने प्रक्रिया पूरा भएपछि मतगणना प्रारम्भ गरिएको जानकारी दिएको हो। आयोगका अनुसार करिब बिहान ११ बजेसम्म निर्वाचनको सम्पूर्ण परिणाम एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ।

काठमाडौँको भृकुटीमण्डपमा बुधबार बिहान ९:२० बजे सुरु भएको मतदान प्रक्रिया करिब साढे २१ घन्टापछि बिहीबार बिहान ७ बजेतिर सम्पन्न भएको थियो।

निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन् भने विभिन्न कारणले ३६ जना प्रतिनिधि मतदानमा सहभागी हुन सकेनन्।

एमालेको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा छन्।

 

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  १० : ०५ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं