२८ असार २०८३, आइतबार | July 12, 2026

दुर्गा प्रसाईं पोखराबाट पक्राउ



पोखरा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ । आज दिउँसो पक्राउ पर्नुभएका प्रसाईँलाई काठमाडौं पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए । “उहाँको मुद्दा काठमाडौंमा भएकाले उतै पठाउन लागिएको हो”, उनले भने ।

यसअघि आइतबार निर्वाचन आयोगले प्रसाईँलाई कारबाही गर्न माग गर्दै प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरेको थियो । प्रसाईँले केही दिनअघि कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई रु ५२ करोड बुझाएको आरोपसहित एक भिडियो सार्वजनिक गरेका थिए । सोही विषयमा आयोगले प्रसाईँलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ५ : ११ बजे

मोदीखोलाको बाढीले घर, होटल र पुल बगायो, घान्द्रुक सडक अवरुद्ध

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित किम्रुङ खोलामा आज आएको

लुम्बिनी वास्तु सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५, मणिग्राममा आयोजित लुम्बिनी वास्तु सम्मेलन-२०८३

राप्तीमा बेपत्ता एक जनाको शव फेला

नेपालगन्ज । बाँकेको राप्ती नदीको कम्दी खण्डमा पौडी खेल्ने क्रममा

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको