५ बैशाख २०८३, शनिबार | April 18, 2026

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट



नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवाललाई मदिरा (शराब) नीति सम्बन्धी कथित भ्रष्टाचार प्रकरणमा दिल्लीको राउज एभेन्यू अदालतले सबै आरोपबाट मुक्त गरेको छ।

अदालतले सोही मुद्दामा आप नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि आरोपमुक्त गर्ने आदेश दिएको छ। यो फैसला केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले दायर गरेको मुद्दामा आएको हो।

अदालतले फैसला सुनाउँदै सीबीआईको अनुसन्धान प्रक्रियामा गम्भीर कमजोरी रहेको टिप्पणी गरेको बताइएको छ। हजारौं पृष्ठको आरोपपत्रमा साक्षीको बयानलाई समर्थन गर्ने ठोस सामग्री नदेखिएको अदालतको ठहर छ। विशेष न्यायाधीश जितेन्द्र सिंहले आरोपपत्रमा “भ्रामक दाबी” समावेश गरिएको उल्लेख गरेका छन्।

अदालतका अनुसार सिसोदियाविरुद्ध प्रथम दृष्टिमा मुद्दा बनाउने पर्याप्त आधार सीबीआईले प्रस्तुत गर्न सकेन। त्यस्तै, केजरीवाललाई समेत ठोस प्रमाणबिनै मुद्दामा जोडिएको अदालतले टिप्पणी गरेको छ। राउज एभेन्यू अदालतले केजरीवाल र सिसोदियासहित यस प्रकरणका सबै अभियुक्तलाई आरोपबाट मुक्त गरेको हो।

फैसलापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै केजरीवाल भावुक देखिएका थिए। उनले केही वर्षदेखि भारतीय जनता पार्टीले लगाएका आरोपहरू अदालतले खारेज गरिदिएको उल्लेख गर्दै “सत्यको जीत भएको” बताएका छन्।

उनले भारतीय न्याय प्रणालीप्रति आफ्नो विश्वास रहेको दोहोर्‍याए। साथै प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहमाथि टिप्पणी गर्दै सम्पूर्ण प्रकरणलाई “राजनीतिक षड्यन्त्र” को संज्ञा दिएका छन्।

“आजाद भारतकै सबैभन्दा ठूलो राजनीतिक षड्यन्त्र रचेर आम आदमी पार्टीलाई समाप्त पार्ने प्रयास गरियो,” उनले भने, “तर अन्ततः सत्य स्थापित भयो।”

यसैबीच, केजरीवालकी पत्नी सुनीता केजरीवालले पनि सामाजिक सञ्जाल ‘एक्स’मार्फत प्रतिक्रिया जनाउँदै “सत्यको सधैं विजय हुन्छ” लेखेकी छन्।

प्रकाशित मिति : १५ फाल्गुन २०८२, शुक्रबार  २ : १२ बजे

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले