९ असार २०८३, मंगलबार | June 23, 2026

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु



काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास) बिक्री सुरु गरेको छ। मध्यपूर्वको तनावको हल्लाले बजारमा खाना पकाउने ग्यासको कृतिमअभाव बढ्दै गएपछि निगमले आजदेखि आधा सिलिन्डर (आधा ग्यास) बिक्री सुरु गरेको हो ।

उद्योगहरुले पूर्ववत ग्यास भर्ने र वितरण गरेपनि उपभोक्ताहरुले सम्भाब्य अभावको आंकलन गर्दै अनावश्यक भण्डारण गर्न थालेपछि बजारमा कृतिम अभाव देखिएको हो । उपभोक्तालाई केही राहत दिन भन्दै आधा सिलिन्डर ग्यास उपलब्ध गराउने गरि निगमले बिहिबार निर्णय गरेको थियो । राजधानी काठमाडौँ लगायतका शहरहरुमा ग्यास अभावको असर देखिन थालेसँगै उपभोक्ताहरू बिहानैदेखि ग्यास खोज्दै वितरण केन्द्र धाउन थालेका छन्।

आज बिहानदेखि नै उपभोक्ताहरू खाली सिलिन्डर बोकेर लाइनमा बसिरहेका छन्। कतिपय उपभोक्ताले बिहान सबेरैदेखि लाइन बसे पनि ग्यास पाइनेमा अन्योल रहेको बताएका छन्।

पछिल्लो समय मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन आपूर्तिमा असर परेको र त्यसको प्रभाव नेपालमा समेत देखिन थालेको बताइएको छ।

उद्योगहरुले भने साबिककै परिमाणमा बजारमा ग्यास पठाइरहेको दाबी गर्दै आएका छन् । पछिल्लो ३ दिने लगातार निगमले सूचना जारी गरेर वितरण सुरक्षा अपनाउने जनाएपछि उपभोक्ताहरुमा अभाव हुन सक्ने थप त्रास फैलिएको ग्यास विक्रेताहरुको भनाई छ । उपभोक्ताहरुले महिनौ देखि थन्काएर राखेका पुराना सिलिण्डरहरु पनि भर्नका लागि विक्रेताहरु सम्म आउन थालेको नेपालगन्ज स्थित उक विक्रेताले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार  ३ : १३ बजे

सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक

काठमाडौं । आकर्षक सेवा सुविधा पाउने मोहमा प्रायः नेपाली चिकित्सकले

नगरकोटमा झैझगडाका क्रममा चक्कु प्रहार, एक युवकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका-१ स्थित नगरकोटमा सामान्य विवादका क्रममा भएको

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले

कतारको ग्यास प्लान्ट विस्फोटमा नेपालीसहित ६६ बढी घाइते, १३ जनाको मृत्यु

काठमाडौं । कतारको रस लाफान औद्योगिक क्षेत्रस्थित ग्यास उत्पादन केन्द्रमा

सेनेगललाई हराउँदै नर्वेले गर्‍यो नकआउट चरण यात्रा तय

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को खेलमा