५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर



नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला परेकी युवतीको सनाखत भएको छ ।

गएराति बाँकेको नेपालगंज उपमहानगरपालिका-१२ कोरियनपुरमा जलेको अवस्थामा सडकमा मृत भेटिएकी युवती सोही स्थानकी २२ वर्षीया सृजना बुढा रहेको खुलेको हो। बुढाका आफन्तहरु अस्पताल पुगेर मृतकको सनाखत गरेको प्रहरीले जनाएको छ ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार मृतकले २ दिन अगाडी मात्र आफुलाई कुटपिट भएको भन्दै एकजना युवक विरुद्ध उजुरी दिएपछि प्रहरीले पक्राउ गरेकोमा मृतक बुढाकै आग्रहमा मिलापत्र गरेर प्रहरीले छाडेको थियो । घटनास्थलमा सलाई र आगलागी हुने पदार्थको गन्ध आएको प्रहरी उपरीक्षक जिसीले बताए ।

प्रारम्भीक अनुसन्धानमा मृतक बुढाले यसअघि नै एक पुरुषसँग बिबाह गरि उनीबाट एक सन्तान समेत जन्मदिएर पछि सम्बन्ध बिच्छेद गरेर बसेको खुलेको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार मृतक बुढा केही महिना पहिले नेपालगन्जको न्यूरोड स्थित एक होटलमा छापा मार्नेक्रममा प्रहरी नियन्त्रणमा समेत परेकी थिइन् ।

पछिल्लो समय बुढा नेपालगन्ज रानीतलाउ नजिकका एक युवकसँग ‘लिभिङ टुगेडर’मा बस्दै आएको पनि खुलेको एसपी जिसीले बताए । घटनाबारे आत्महत्या तथा कर्तब्यज्यान अभियोगमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए। घटनाको शुक्ष्म अनुसन्धान भइरहेको भन्दै लिभिङ टुगेडरमा रहेका र कुटपिट अभियोगमा पक्राउ परेर छाडिएका पुरुषको नाम भने उनले खुलाएनन् ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १ : ३१ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे