१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा



काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उच्च पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्।

उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष (रेक्टर) प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले पदबाट अलग हुने निर्णय गरेका हुन्।

सरकारले राजनीतिक नियुक्ति खारेज गर्ने उद्देश्यसहित अध्यादेश ल्याउने तयारी गरिरहेका बेला उनीहरूको यो कदम आएको हो।

शिक्षाध्यक्ष केसीका अनुसार सरकारलाई मार्गप्रशस्त गर्न सामूहिक राजीनामा दिइएको हो। राजीनामापत्र प्रधानमन्त्री कार्यालयमा पठाइएको र कुलपति एवं प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियारलाई पनि जानकारी गराइएको छ ।

बालेन्द्र सरकारले सार्वजनिक निकायमा राजनीतिक रूपमा नियुक्त पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्था सहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि त्रिविका पदाधिकारीहरू निर्णयमा पुगेका हुन्।

उपकुलपति अर्याल केपी शर्मा ओली प्रधानमन्त्री रहेको समयमा २०८२ असार २५ गते नियुक्त भएका थिए। यसअघिका उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि अर्याल उक्त पदमा आएका थिए।

त्यस्तै, शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा २०८० चैत ३० गते नियुक्त गरिएको थियो। त्रिवि पदाधिकारीहरूको कार्यकाल सामान्यतः चार वर्षको हुने व्यवस्था छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  २ : ३७ बजे

विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी ‘नेपाल डिजिटल पूर्वाधार

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया