१० भदौ २०८३, बुधबार | August 26, 2026

ट्रेड युनियनका कार्यालय बन्द गरेर त्यहाँका कर्मचारीलाई दरबन्दीमा खटाउन सरकारको निर्देशन



काठमाडौं । सरकारले कर्मचारी ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिएको छ । मंगलबार संघीय मामिला ताथ सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग, सचिवाल र निकायलाई परिपत्र जारी गर्दै कर्मचारीलाई दरबन्दी अनुसारको जिम्मेवारीमा खटाउन निर्देशन दिएको हो ।

प्रशासन सुधार तथा व्यवस्थापन परीक्षण शाखाका शाखा अधिकृत विवेक विडारीले पठाएको पत्रमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ जारी भएसँगै निजामती सेवा ऐन, २०४९ को दफा ५३ खारेज भएको जनाइएको छ।

मन्त्रालयले ट्रेड युनियनका कार्यालय बन्द गर्न निर्देशन दिँदै परिपत्रमा ट्रेड युनियन र त्यसमा आवद्ध कर्मचारीले ट्रेड युनियन प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधान लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्तिको उपयोग गरेको भए फिर्ता लिन भनिएको छ।

परिपत्रमा ट्रेड युनियनको नेतृत्वमा रहेका कर्मचारीलाई पनि तोकिएको दरबन्दी अनुसार काममा खटाउन निर्देशन दिइएको छ। ‘ट्रेड युनियनका विभिन्न स्तरका समितिमा आवद्ध भएका कर्मचारीहरूलाई तोकिएको दरबन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनुहुन मिति २०८३ वैशाख २२ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ,’ पत्रमा भनिएको छ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ९ : ५० बजे

भोटेकोशी बाढीको जोखिम सुस्तासम्म

काठमाडौँ । भोटेकोशी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ

राष्ट्रपति पौडेलद्वारा उद्धार र राहतमा लाग्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी

भोटेकोशी बाढी : सरकारलाई सघाउने विपक्षी दलका नेताको प्रतिबद्धता

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विपद्को समयमा सरकारलाई

निर्मल पुर्जाको आज अन्त्येष्टी गरिदैँ, गोप्य राखिएको थियो पार्थिव शरिर

काठमाडौं । पाकिस्तान नियन्त्रित कश्मीरको ‘ब्रड पिक’मा गत महिना गएको

उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित भएकाहरूको उद्धार