२३ असार २०८३, मंगलबार | July 7, 2026

एमाले सचिवालय बैठक आज पनि बस्दै, कार्यविभाजनमा थप छलफल हुने



काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बस्ने तय भएको छ ।

शुक्रबार बसेको बैठकमा पार्टीका पाँच उपाध्यक्षले समीक्षात्मक धारणा राखेपछि बैठक निष्कर्षमा नपुग्दै स्थगित गरिएको थियो । आजको बैठकमा उनीहरूले दिएको सुझावका आधारमा नेताहरूको कार्यविभाजनका लागि प्रस्तावित नाममा संशोधन हुनसक्ने बताइएको छ ।

बैठकमा १२ जना पदाधिकारीले धारणा राख्ने कार्यसूची रहेको जनाइएको छ । त्यसपछि पार्टी नेताहरूको कार्यविभाजनबारे विस्तृत छलफल हुने एमाले स्रोतले जनाएको छ ।

यसअघि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विभाग तथा जिम्मेवारीका लागि नेताहरूको नाम प्रस्ताव गरेका थिए । सचिवालय बैठकमार्फत त्यसलाई अन्तिम रूप दिने तयारी गरिएको छ ।

एमालेले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण र जिम्मेवारी बाँडफाँटलाई प्राथमिकतामा राखेको छ । पार्टीभित्र विभागीय कामलाई प्रभावकारी बनाउने उद्देश्यले कार्यविभाजनलाई व्यवस्थित गर्न लागिएको बताइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ७ : ५७ बजे

सात प्रतिशत आर्थिक वृद्धिलाई भरथेग गर्ने लक्ष्यसहितको मौद्रिक नीति सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राखेको सात प्रतिशतको आर्थिक

दैलेख दुर्घटना : कर्णालीमा बेपत्ता एक जनाको शव कैलालीमा भेटियो

कर्णाली । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको

सडक सुरक्षाका लागि सबै राजमार्गमा ‘अन्डरपास’ र ‘ओभरपास’ बनाइने : मन्त्री लम्साल

काठमाडौं । सरकारले सवारी दुर्घटना न्यूनीकरण र सुरक्षित आवागमन सुनिश्चित

ठमेलमा बढे भारतीय पर्यटक, पोखराका होटलसमेत भरिभराउ

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पछिल्लो समय

बुटवलबाट काठमाडौंतर्फ जादैं गरेको ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते

नवलपरासी । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका-४ तारेभिरस्थित पूर्व-पश्चिम राजमार्गमा ईभी