१५ भदौ २०८३, सोमबार | August 31, 2026

लोकतान्त्रिक संस्थाको रक्षा गर्नु आजको प्रमुख आवश्यकता हो : केपी ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रका संस्थाहरू कमजोर भए कुनै पनि समाज बलियो रहन नसक्ने बताएका छन्।

१८औँ गणतन्त्र दिवसका अवसरमा बिहीबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै ओलीले संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसजस्ता लोकतान्त्रिक संस्थाको संरक्षण र सुदृढीकरण आजको प्रमुख आवश्यकता भएको उल्लेख गरेका हुन्।

‘लोकतन्त्रका यी संस्थाहरू कमजोर भए भने कुनै पनि समाज बलियो रहँदैन, जनताले सुख पनि पाउँदैनन्। तसर्थ, लोकतान्त्रिक गणतन्त्रका यी अङ्गहरूको रक्षा गर्नु भनेको हामी सबैको भविष्यको रक्षा गर्नु हो’,ओलीले सन्देशमा भनेका छन्।

उनले नेपाली जनताले सात दशकभन्दा लामो संघर्ष, त्याग र बलिदानबाट गणतान्त्रिक अधिकार प्राप्त गरेको स्मरण गर्दै हजारौँ शहीद तथा लोकतन्त्रका लागि संघर्ष गर्ने अग्रजहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। जनताको ठूलो संघर्षपछि हुकुमबाट चल्ने शासन व्यवस्था अन्त्य भई कानुनको शासन स्थापित भएको र लोकतान्त्रिक संस्थामार्फत राज्य सञ्चालन हुने पद्धति विकास भएको उनको भनाइ छ।

ओलीले गणतन्त्र शासन प्रणाली परिवर्तनको मात्र विषय नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको उल्लेख गरेका छन्। उनका अनुसार शताब्दीयौँसम्म ‘प्रजा’का रूपमा बाँचेको समाज संविधानमार्फत सार्वभौम नागरिकमा रूपान्तरित भएको छ।

उनले गणतन्त्र स्थापनापछि स्थानीय सरकारको सुदृढीकरण, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रताको विस्तार, डिजिटल सेवामा पहुँच तथा सडक र सञ्चार पूर्वाधारको विकासजस्ता उपलब्धि हासिल भएको बताए।

यद्यपि परिवर्तनको गति अपेक्षाअनुसार तीव्र हुन नसकेको स्वीकार गर्दै ओलीले असन्तुष्टिको समाधान पनि लोकतान्त्रिक र वैधानिक प्रक्रियामार्फत नै खोजिनुपर्ने धारणा राखेका छन्। जनताको निराशालाई उपयोग गर्दै लोकतान्त्रिक संस्थाप्रति अविश्वास फैलाउने र भावनालाई उक्साएर लोकतान्त्रिक संरचनालाई कमजोर बनाउने प्रवृत्तिबाट अधिनायकवादको जोखिम बढ्न सक्ने चेतावनी उनले दिएका छन्।

गणतन्त्र दिवसको अवसरमा ओलीले लोकतन्त्र प्राप्तिका लागि गरिएको कठिन संघर्षलाई स्मरण गर्न तथा लोकतान्त्रिक व्यवस्था कमजोर भए त्यसको परिणाम कस्तो हुन सक्छ भन्ने विषयमा गम्भीर चिन्तन गर्न सबैमा आह्वान गरेका छन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार  ६ : ४८ बजे

रसुवा बाढी : उद्धारका लागि अन्तरराष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौं । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल

प्रधानमन्त्री र रास्वपा सभापतिबीच उद्धार र पुनःस्थापनाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा