१५ आश्विन २०८३, बिहिबार | October 2, 2026

शशांकको घोषणा – ‘देउवा नै कांग्रेसका सभापति र नेता हुनुहुन्छ’



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा संस्थापनइतर समूहको राष्ट्रिय भेला आयोजक समिति संयोजक शशांक कोइरालाले शेरबहादुर देउवा नै नेपाली कांग्रेसको सभापति र वास्तविक नेता भएको बताएका छन्।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा शुक्रबारदेखि जारी संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले देउवाकै नेतृत्वमा कांग्रेस एकजुट भएर अघि बढ्ने बताएका हुन्।

‘शेरबहादुर देउवा नै हाम्रो नेता हो । सभापति नै शेरबहादुर देउवा हो । उहाँको नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ कोइरालाले भने।

उनले कांग्रेसलाई एकजुट बनाउने उद्देश्यले राष्ट्रिय भेला आयोजना गर्नुपरेको स्पष्ट पारे। पार्टीभित्रका स–साना मतभेदलाई बिर्सिएर एकताबद्ध हुनुपर्नेमा जोड दिँदै कोइरालाले कांग्रेस एकजुट भएको अवस्थामा कसैले पनि पराजित गर्न नसक्ने दाबी गरे।

‘यो भेलाको आयोजना गर्नुपर्‍यो किनभने नेपाली कांग्रेसलाई एकजुट बनाउनुपर्ने मेरो कर्तव्य हो,’ उनले भने, ‘नेपाली कांग्रेस एकजुट भएको खण्डमा कसैले पनि पराजय गर्न सक्दैन। यसको मुख्य उद्देश्य यही हो।’

सम्बोधनका क्रममा कोइरालाले आफ्ना पिता तथा कांग्रेसका संस्थापक नेता बीपी कोइराला र शेरबहादुर देउवाबीचको पुरानो सम्बन्धसमेत स्मरण गरे। बीपीले देउवालाई ‘पश्चिमको राजकुमार’ भन्ने गरेको उनले बताए।

आफू र देउवाबीचको पहिलो भेटको प्रसंग सुनाउँदै कोइरालाले देउवा भारत गएको बेला बीपीले आफूलाई उनलाई घुमाउन निर्देशन दिएको स्मरण गरे।

‘उहाँ भारतमा गएको बेलामा मलाई बाबा (बीपी कोइराला)ले घुमाउन अह्राउनुभएको थियो। मैले बाबाको आदेशअनुसार उहाँलाई घुमाउने काम गरेको थिएँ। शेरबहादुरजीसँग मेरो पहिलो परिचय त्यहीँ भएको हो,’ उनले भने।

विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई चुनौती दिँदै संस्थापनइतर समूहले राष्ट्रिय भेला आयोजना गरिरहेका बेला संयोजक कोइरालाले देउवाकै नेतृत्वलाई निरन्तरता दिनुपर्ने धारणा सार्वजनिक गरेका हुन्।

उनले देउवाको उपस्थितिले राष्ट्रिय भेला पूर्ण सफल हुने दाबीसमेत गरे। ‘शेरबहादुर देउवा आएपछि यो भेला पूर्ण सफल हुन्छ। शेरबहादुरजी नै हाम्रो नेता हो, हाम्रो सभापति हो। उहाँकै नेतृत्वमा नेपाली कांग्रेस हिँड्छ,’ उनले दोहोर्‍याए।

कोइरालाको यो अभिव्यक्तिसँगै कांग्रेसभित्र जारी नेतृत्व र आधिकारिकताको विवादमा संस्थापनइतर समूहको एउटा धारणा स्पष्ट रूपमा सार्वजनिक भएको छ। देउवा स्वयं पनि शुक्रबार सुकेधारास्थित भेलामा प्रमुख अतिथिका रूपमा सहभागी भएका छन्।

प्रकाशित मिति : २९ श्रावण २०८३, शुक्रबार  ३ : ०७ बजे

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँकेका स्थानीय तहमा गरिबीको तह असमान, नरैनापुरमा आधा बढी जनसंख्या गरिबीको रेखामुनी

नेपालगन्ज । बाँकेका आठ स्थानीय तहमा गरिबीको अवस्था असमान रहेको

नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स

काठमाडौँ । नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटिटिभी

कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए

मुस्ताङ । भारी वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकको ठाउँठाउँमा

देउवा पक्षको वडा अधिवेशनमा पनि गएनन् शेखर कोइराला

काठमाडौं । कांग्रेस नेता शेखर कोइराला संस्थापन र इतर शेरबहादुर