काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो गृहजिल्ला झापा पुगेका छन्।
ओली विमानमार्फत झापा पुगेका हुन्। उनलाई स्वागत गर्न भद्रपुर विमानस्थलमा एमालेका नेता–कार्यकर्ता तथा शुभेच्छुकको उल्लेख्य उपस्थिति रहेको थियो।
झापा बसाइका क्रममा ओलीले पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ। उनले जिल्लामा आयोजित विभिन्न स्थानीय कार्यक्रममा समेत सहभागिता जनाउने बताइएको छ।
निर्वाचनपछि ओली पहिलोपटक गृहजिल्ला झापा पुगेका हुन्।


















प्रतिक्रिया