काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आइतबार काठमाडौं आएका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाल भ्रमणका क्रममा सेठले प्रधान सेनापति सिग्देल, राष्ट्रपति पौडेललगायत उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन् । उनले रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्को देशमा मानार्थ सेना प्रमुखको दर्जा प्रदान गर्ने परम्परा सन् १९५० देखि रहँदै आएको छ ।
नेपालका वर्तमान प्रधान सेनापति अशोकराज सिग्देलले पनि सन् २०२४ को डिसेम्बरमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुबाट भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्राप्त गरेका थिए ।
भारत सरकारले सेठलाई भारतीय सेनाको ३१औँ सेना प्रमुखका रूपमा सन् २०२६ जुन ३० मा नियुक्त गरेको थियो ।


















प्रतिक्रिया