१ भदौ २०८३, सोमबार | August 17, 2026

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन



काठमाडौं । नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा एवं जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको गएराति काठमाडौंको बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

काठमाडौंमा जन्मिएका श्रेष्ठ लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय थिए। उनका कविता, गीत तथा अन्य साहित्यिक सिर्जनामा मानवीय संवेदना, सामाजिक चेतना, जीवनका विविध आयाम र समसामयिक विषयहरू सशक्त रूपमा अभिव्यक्त हुने गरेका छन्।

श्रेष्ठको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ नेपाली जनमानसमा निकै लोकप्रिय छ। सरल भाषा, गहिरो भाव र मानवीय संवेदनाले भरिएका उनका सिर्जनाले नेपाली साहित्य तथा संगीत क्षेत्रमा विशिष्ट पहिचान बनाएको छ।

नेपाल भाषा र नेपाली दुवै भाषामा कविता तथा गीत सिर्जना गर्नुभएका श्रेष्ठले नेपाल भाषा साहित्यको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए । उनले बाल साहित्यका क्षेत्रमा समेत उल्लेखनीय कलम चलाएका थिए ।

 

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  १० : १५ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा जलस्तर खतराको तह पार गरेपछि

किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय सुवेदी र ढकालको संयुक्त इजलासमा

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी

जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन

काठमाडौं । नेपाल भाषा तथा नेपाली साहित्यका चर्चित स्रष्टा एवं

बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

काठमाडौं । भारतको बिहारस्थित लखीसराय जिल्लाको प्रसिद्ध अशोकधाम मन्दिरमा सोमबार

आजदेखि बिक्रेताबाटै ग्यास बिक्रीवितरण

काठमाडौं । नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका