२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

मन्त्रीहरूका कारण नैराश्यता बढयो, प्रधानमन्त्रीज्यु नियन्त्रण गर्नुहोस् : वर्षमान पुन



काठमाडौं । प्रतिनिधिसभामा सरकारका मन्त्रीहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रण गर्नुपर्ने आवाज उठेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले मन्त्रीहरूका गतिविधि र अभिव्यक्तिले जनतामा निराशा छाउँदै गएको बताए । उनले मन्त्रीहरुका गतिबिधि नियन्त्रण गर्न प्रधानमन्त्री शाहलाई सुझाव दिएका छन् ।

नेकपा सांसद पुनले जनताको पक्षमा काम गर्नुपर्ने मन्त्रीहरूले अस्वाभाविक ब्यवहार र अभिव्यक्तिका कारण समाजमा नैरश्यता फैल्याउने काम भइरहेको बताए । उनले ज्वरो आउँदा मन्त्रीले हेलिकोप्टर मगाउने, जनताले आफ्ना माग पूरा गरिदिनुस् भन्दा भोट फिर्ता लिनुस् भन्ने जस्ता अभिव्यक्ति मन्त्रीबाट आउनु सही नभएको स्पष्ट पारे ।

‘एकातिर विपद् छ । रेस्क्यु गर्नुपर्ने छ, राहत पुर्‍याउनुपर्ने छ तर एकजना मन्त्री भ्रमणमा जानुहुन्छ, रुघाखोकी लाग्छ, अनि हेलिकोप्टर पठाइन्छ । रेस्क्युको काम हुँदैन । पुनःपस्थापनाको लागि काम हुँदैन र त्यहाँ पुर्‍याउने सामान पुग्दैनन् तर उहाँलाई सेनाको स्काई ट्रक प्रयोग गरेर काठमाडौं ल्याइन्छ । उहाँलाई के भयो भन्दा घरमा आराम गर्दै हुनुहुन्छ भनिन्छ,’  सांसद पुनले भने, ‘यस्तो गैरजिम्मेवार राज्य चल्न सक्छ ? यसतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गर्न चाहन्छु। आफ्ना मन्त्रीहरूलाई कन्ट्रोल गर्नुस्, नियन्त्रण गर्नुस् र विपदका स्थिति के भइरहेका छन् त्यसबारेमा काम गर्नुस् ।’

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ६ : ०२ बजे

रुपन्देहीबाट लाखौं मूल्यका ९ बोरा अबैध पटाकासहित ४ जना पक्राउ

बुटवल । रुपन्देहीको सैनामैनाबाट प्रहरीले लाखौं मूल्यको अबैध पटाका बरामद

नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकमा सात एजेन्डामा छलफल हुँदै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कार्य संयोजन समितिको

कांग्रेस महाधिवेशन : दिउँसो साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा दिउँसो

नेकपा केन्द्रीय कार्यसंयोजन समिति बैठक सुरु, झलनाथ अनुपस्थित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्यसंयोजन समितिको बैठक सुरु