३ भदौ २०८३, बुधबार | August 19, 2026

गोर्खाली सैनिकको साहस र योगदानको भारतीय सेनाध्यक्षद्वारा प्रशंसा



गण्डकी । भारतका स्थलसेनाध्यक्ष धीरज सेठले भारत–नेपाल सैनिक सम्बन्ध ऐतिहासिक र गौरवपूर्ण रहेको बताएका छन् ।

पोखरास्थित भारतीय राजदूतावासको पेन्सन वितरण कार्यालयमा आज आयोजित भूतपूर्व सैनिकको भेलामो दुई देशबीचको सैनिक सम्बन्ध अतुलनीय रहेको चर्चा गर्दैै उनले गोर्खाली सैनिकको साहस र योगदानको खुलेर प्रशंसा गरे ।

“आफ्नो बहादुरी, बफादारी र बलिदानका कारण गोर्खाली सैनिकको विश्वमा छुट्टै पहिचान छ”, भारतीय सेनामा गोर्खाली सैनिकले देखाएको सौर्य अविस्मरणीय रहेको बताउँदै सेनाध्यक्ष सेठले भने ।

सेनाध्यक्ष सेठले भारत–नेपाल सम्बन्ध परम्परा, संस्कृति, धर्म र आस्थासँग जोडिएकाले सरकारीस्तरका साथै दुई देशका नागरिकबीचको सम्बन्ध पनि प्रगाढ रहेको बताए ।

सेनाध्यक्ष सेठले भूतपूर्व सैनिक तथा उनीहरूका परिवारका लागि बाँकेको कोहलपुरमा स्थापना गरिएको पोलिक्लिनिकको ‘भर्चुअल’ माध्यमबाट शुभारम्भ पनि गरे ।

त्यस अवसरमा वीरगति प्राप्त गरेका पूर्वसैनिकका परिवारका सदस्यलाई सम्मान गर्नाका साथै घाइते भूतपूर्व सैनिकलाई अपाङ्गतामैत्री स्कुटर पनि प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०८३, बुधबार  २ : २५ बजे

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले पाए विश्वासको मत

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका

दलको विधान संशोधन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान, २०८३

एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ?

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीले डाटा अफ गरेको बेला

चार महिनामा ११ हजार सरकारी कर्मचारी सतर्कता केन्द्रको कारबाहीमा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले

भद्रकाली मन्दिर धमाधम पुनर्निर्माण हुँदै

काठमाडौं । भद्रकाली मन्दिर परिसरको पुनर्निर्माण तीव्रगतिमा अघि बढेको छ