१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण



नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा सहयोग जम्मा गरेका छन् । संघको तर्फबाट राहत कोषमा जम्मा हुने गरि ६ लाख एक हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

संघले कोषका नाममा काटिएको ६ लाख १ हजारको चेक आज बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङलाई हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघ नेपालगन्जका नव निर्वाचित अध्यक्ष चिरञ्जीवी ओलीसहितको टोलिले जिल्ला प्रशासन कार्यालय बाँके पुगेर सहयोग रहकम हस्तान्तरण गरेको हो । अध्यक्ष ओलीको नेतृत्वमा पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यसहित कार्य समितिका पदाधिकारी र सदस्य सम्मिलित प्रतिनिधिहरु चेक हस्तान्तरण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

कोषमा जम्मा गरिएको रकममा संघले संस्थागत रुपमा १ लाख ५१ हजार र अरु रकम अध्यक्ष चिरञ्जीवी ओलीले १ लाख ११ हजार, पूर्वअध्यक्ष, कार्य समितिका पदाधिकारी, सदस्य र उद्योगी व्यवसायीले व्यक्तिगत रुपमा संकलन गरिएको संघले जनाएको छ ।

चीनको तिब्बतमा हिमताल फुटेर १० भदौमा भोटेकोशी नदीमा आएको विनासकारी बाढीका पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनामा सघाउन सम्पूर्ण उद्योगी, व्यवसायीलार्ई आ(आफ्नो क्षमताअनुसार सक्दो सहयोग गर्न अध्यक्ष ओलीले अपील गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०८३, बिहिबार  १० : १५ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति