१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

कांग्रेस संस्थापनले महाधिवेशनमा सहभागी हुन गरेको आह्वानको इतर पक्षले आज जवाफ दिने



काठमाडौं । नेपाली कांग्रेस देउवा समूहले सोमबार पत्रकार सम्मेलनमार्फत १५औं महाधिवेशनमा भाग लिने वा नलिनेबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

देउवा समूहको १५औं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले सम्पर्क कार्यालय, चुनदेवीमा अपराह्न ४ बजे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्न लागेका हुन् ।

कांग्रेसले आइतबार १४औं महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई पहिलेकै हैसियत दिने गरी महाधिवेशनमा सहभागी हुन आह्वान गरेको थियो । जुन विषयमा सोमबार इतर समूहले महाराजगन्जस्थित शेरबहादुर देउवा निवासमा छलफल भएको छ । इतर समूहको बैठकमा भएको निर्णयबारे शशांकले पत्रकार सम्मेलनमार्फत जानकारी गराउन लागेका हुन् ।

कांग्रेसको वडा अधिवेशन नजिकिँदै जाँदा दुईवटा महाधिवेशन हुने सम्भावना पनि बढ्दै गएको छ । इतर समूहले देउवाकै अध्यक्षतामा महाधिवेशन हुनुपर्ने अडान राखेको छ ।

कांग्रेसको आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले पूर्वकार्यबाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले दुवै समूहको महाधिवेशनमा सहभागिता नजनाउने भएका छन् । उनीहरूले कांग्रेसमा तेस्रो धार बनाउन लागेका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  १ : ५१ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे