१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने



काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशन छुट्टै प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको छ ।

सोमबार महाराजगञ्जस्थित देउवा निवासमा बसेको समूहको बैठकले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पछिल्लो निर्णय अस्वीकार गर्दै आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाउने निष्कर्ष निकालेको हो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले १५औँ महाधिवेशनमा सहभागी हुन देउवा समूहलाई आह्वान गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यलाई वर्तमान कार्यसमितिमा समेट्ने निर्णय गरेको थियो । तर, देउवा समूहले उक्त प्रस्ताव अस्वीकार गरेको हो ।

बैठकपछि देउवा समूहका नेता प्रकाशशरण महतले महाधिवेशनको पूर्वसन्ध्यामा गरिएको यस्तो आह्वानको औचित्यमाथि प्रश्न उठाए । वडा अधिवेशन सुरु हुन चार दिन मात्र बाँकी रहेका बेला गरिएको प्रस्ताव स्वीकार गर्न नसकिने उनको भनाइ छ ।

महतका अनुसार देउवा समूहले यसअघि प्रस्ताव गरेको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार नै प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।

संस्थापन पक्षले गरेको निर्णयबारे अनौपचारिक छलफल भएको र समूहको औपचारिक धारणा सार्वजनिक गर्न सोमबार अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्ने तयारी रहेको महतले जानकारी दिए ।

देउवा समूहले संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्दै छुट्टै महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै नेपाली कांग्रेसभित्रको विवाद थप गहिरिएको छ । यसले पार्टी विभाजनकै अवस्थासम्म पुग्ने सम्भावना बढाएको नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : २९ भदौ २०८३, सोमबार  ३ : २२ बजे

चौतर्फी विरोधपछि गिरफ्तार पत्रकारलाई रिहा गर्न सरकार बाध्य, विश्वमणि सुवेदी रिहा

काठमाडौं । नेपाल प्रेसको समाचार कक्षबाटै पक्राउ परेका पत्रकार विश्वमणि

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा

पत्रकार गिरफ्तारी सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा : कांग्रेस महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार लेखेकै आधारमा

पत्रकारमाथिको धरपकड रास्वपाको नीति र सिद्धान्तविपरीत : प्रवक्ता खरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले समाचार

समाचार लेखेकै आधारमा पत्रकारमाथि प्रहरीको धरपकड, तीन पत्रकार नियन्त्रणमा

काठमाडौं । विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकारमाथि धरपकड