१० आश्विन २०८३, शनिबार | September 26, 2026

कृष्णभीरमा पहिरोपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा



काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

पहिरो पन्छाएर शनिबार दिउँसो साढे १२ बजेदेखि राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको हो । माथिबाट ढुंगासहितको पहिरो खसेको र तलबाट त्रिशुलीले कटान गरेका कारण शुक्रबार बिहानदेखि कृष्णभीरमा यातायात अवरुद्ध बनेको थियो । पहिरो खस्ने जोखिम कायमै रहेकाले रातभर राजमार्गमा यातायात सञ्चालन हुन सकेको थिएन ।

हाल एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा आए पनि सडकमा थप पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : ३६ बजे

राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागी

नारायणी तटीय क्षेत्रका बासिन्दालाई स्थानान्तरण गरिँदै

नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षाका कारण नारायणी नदीमा

नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी

वाग्मती सफाइ महाअभियान ६९८ औँ हप्तामा

काठमाडौँ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका