१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल : नेपाल पुलिस र सभापोखरी फाइनलमा



बुटवल । विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब बुटवलमा जारी दोस्रो मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा शुक्रबार भएको सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–१ को सेटमा हरायो । पुलिसले एपिएफमाथि २१–२५, २८–२६, २५–१६,२५–१९ को जित निकालेको हो ।

यसअघि शुक्रबार नै भएको समूह चरणको अन्तिम खेलमा एपिएफले भारतको गुजरात स्र्पोटिङ क्लबलाई ३–२ सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । एपिएफले २१–२५, २५–१८, २५–१६, १७–२५, १५–१२ को जित निकालेको थियो ।

यस्तै अर्को मेमिफाइनल खेलमा सभापोखरीले खैरा भलिबल क्लब पन्जाबलाई ३–१ को सेटमा हराउँदै फाइनलमा स्थान बनायो । सभापोखरीले खैरालाई २५–२०, २५–१६, २३–२५, २५–१५ ले पन्छाएको थियो । पुलिस र सभापोखरीबीच शनिबार उपाधि भिडन्त हुनेछ । सेमिफाइनलमा पराजित खैरा र एपिएफ तेस्रो स्थानका लागि खेल्नेछन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा विदेशका तीन र नेपालको चार गरी सात टोलीले भाग लिएका थिए । प्रतियोगिताको विजेता टोलीले रनिङ्ग शिल्डसहित सात लाख रुपैयाँ र उपविजेताले तीन लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

यस्तै तेस्रो हुने टोलीलाई एक लाख ७५ हजार रुपैयाँ तथा सान्त्वना पुरस्कार स्वरुप ७५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक एकेडेमीका अध्यक्ष ध्रुब आचार्यले जानकारी दिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई १५ हजार रुपैयाँ, ब्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सेटर, सर्भर, ब्लकर, डिफेन्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही आठ हजार रुपैयाँसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार  ९ : १२ बजे

अठार वर्ष कैद सजाय तोकिएका फरार कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

देशभर २१ विपद्का घटना, आठ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा

पृतनापति समन्वयात्मक बैठक सम्पन्न

काठमाडौँ । नेपाली सेनाको पृतनापति समन्वयात्मक बैठक सम्पन्न भएको छ

नयाँ बसपार्कमा खुल्यो ट्राफिक प्रहरीको यात्रु सहायता कक्ष

काठमाडौं । काठमाडौँको नयाँ बसपार्कमा ‘सुरक्षित सडक र सवारी, हामी