काठमाडौँ । नेपाल प्रहरीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय ठहर भएका फरार कैदीलाई पक्राउ गरेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले जबरजस्ती करणी मुद्दामा १८ वर्ष जेल सजाया भएका धादिङ सिद्धलेक गाउँपालिका–३ का ३८ वर्षीय गणेश श्रेष्ठलाई आज पक्राउ गरेको ह
व्यूरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जवराले जेनजी आन्दोलनको मौका छोपेर केन्द्रीय कारागारबाट भागेका श्रेष्ठलाई काठमाडौँ महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरिएको जानकारी दिए ।
फक्राउ श्रेष्ठले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय पाएका थिए । पक्राउ श्रेष्ठलाई आवश्यक कारबाहीका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा बुझाएको ब्यूरोले जनाएको छ ।
















प्रतिक्रिया