१७ आश्विन २०८३, शनिबार | October 3, 2026

एस मोड बस दुर्घटना : थप ४ जनाको सनाखत



नेपालगन्ज । नवलपरासीको सुस्तापूर्वको एस मोडमा भएको सवारी दुर्घटनाको थप ४ जनाको सनाखत भएको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत एस मोडमा अनियन्त्रित भई सडकबाट नालामा पल्टिँदा मृत्यु भएका मध्य थप ४ जनाको सनाखत भएको हो ।

दुर्घटनाबाट मृत्यु हुनेहरुमा बाँकेका ३२ वर्षिय दिपेन्द्र केसी र ५५ वर्षिय एकेन्द्रराज रेग्मी, बाँके नेपालगन्जका २२ वर्षिय कृष कनौजिया र बाजुराका ६५ वर्षिय नरेन्द्रराज गिरी रहेका छन् । यस अघि जाजरकोटका निर्जल गुरुङको मात्र सनाखत भएको थियो । प्रहरीका अनुसार एक जना ४०/४२ वर्षका पुरुषको पहिचान खुल्न बाँकी रहेको छ।

दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाइते हुनेमा गोरखाका ३० वर्षिय हरिशरण थापा, अछाम मंगलसेन ६ का २८ वर्षिय तेजेन्द्र प्रसाद भण्डारी, बर्दिया ठाकुरबाबा १ की २० वर्षिया आकृती, बाजुरा स्वामी कात्तिक ५ का ३२ वर्षिय पवन बुढा, बर्दिया राजापुर ९ का २८ वर्षिय सञ्जय थारु, बाजुरा स्वामी कात्तिक १ का २५ वर्षिय प्रेम बम, ललितपुर कुञ्जय सोमपाक ५ का २९ वर्षिय अनोज खत्री, बर्दिया बाँसगढी ७ का ३६ वर्षिय लाल बहादुर कार्की, बाँके नेपालगञ्ज १६का ४८ वर्षिय अस्लाम बागवान, र जिल्ला सल्यान वनगढ कुपिण्डे १ का २१ वर्षिय अनिल बुढाथोकी रहेका छन् । घाइतेहरुको मध्यबिन्दु प्रादेशिक अस्पताल र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार  ११ : १० बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मीसहितको स्वास्थ्य कक्ष स्थापना

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ

छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

लमजुङ । बाढीपहिरोका कारण छ दिनदेखि अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा

वरिष्ठ पत्रकार हरि लम्सालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा ह्याम्स

जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गर्न रामनगरमा महायज्ञ

बुटवल । बुटवल-१०, रामनगरस्थित दुर्गा मन्दिरमा श्रीमद देवि भागवत ज्ञान

एस मोड बस दुर्घटना : थप ४ जनाको सनाखत

नेपालगन्ज । नवलपरासीको सुस्तापूर्वको एस मोडमा भएको सवारी दुर्घटनाको थप