काठमाडौँ । कांग्रेस सभापति गगन थापाले नेपाली कांग्रेसको १५औं महाधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा उपस्थित भएर महाधिवेशनको उदघाटन गरिदिन आग्रह गर्दै पूर्वसभापति शेरबहादुर देउवालाई निम्तो पठाएका छन् ।
सभापति थापाले सहमहामन्त्री योगेन्द्र चौधरी र कांग्रेस सुदूरपश्चिम प्रदेशका उपसभापति जनकराज चौधरीको हातमा निमन्त्रण पत्र दिएर देउवा निवास पठाएका हुन् । देउवाका स्वकीय सचिव भानु देउवालाई पूर्व जानकारी गराएर देउवा निवास पुगेका चौधरी द्वयलाई देउवाले भेट दिएनन् । निमन्त्रणा लिएर आउन भनेका भानु देउवाले समेत उनीहरुलाई नभेटेको बताइएको छ ।
निमन्त्रणा पत्र बोकेर चुनदेवी पुगेका दुवै नेताले देउवालाई भने भेट्न पाएनन् । शनिबार साँझ ६ बजेतिर देउवा निवास पुग्दा भानु देउवा पनि बाहिर निस्किसकेकाले भेट हुन नपाएको कांग्रेसका सहमहामन्त्री चौधरीले बताए। त्यसपछि उनीहरूले देउवा निवासको गेटमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै सभापति थापाको हस्ताक्षर भएको निमन्त्रणा पत्र बुझाएर फर्केको उनले बताए।
कांग्रेसको १५औं महाधिवेशन आइतबार काठमाडौंको खुलामञ्चमा उद्घाटन गरिँदै छ। देउवा पक्षले भने छुट्टै महाधिवेशनका कार्यक्रम अगाडि बढाएको छ।
















प्रतिक्रिया