२८ आश्विन २०८३, बुधबार | October 14, 2026

दाङको घोराहीबाट ठुलो परिमाणमा ब्राउन सुगरसहित २ जना पक्राउ



दाङ । प्रहरीले दाङको घोराहीबाट ठुलो परिणामको लागु औषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय नारायणपुर दाङ र अस्थायी प्रहरी पोष्ट बसपार्क घोराही दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले घोरोही ९ चैनपुरबाट ३७ ग्राम २३० मिलिग्राम ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा घोराही ९ का २३ वर्षिय सुरेन्द्रबहादुर घर्ती मगर र घोरोही १८ मसिनाका २४ वर्षिय अरुण घर्तीमगर रहेका छन् । प्रहरीका अनुसार चैनपुर स्थित २३ को सुरेन्द्र बहादुर घर्ती मगरको घरमा लागु औषध (ब्राउन सुगर) को कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ, इलाका प्रहरी कार्यालय नारायणपुर दाङ र अस्थायी प्रहरी पोष्ट बसपार्क घोराही दाङबाट खटिएको संयुक्त प्रहरी टोलीले २ जनालाई ब्रउनसुगर सहित पक्राउ गरेको हो ।

उनीहरुबाट १२ वटा पुडियामा प्याकिङ गरिएको खुद तौल गर्दा ३७ ग्राम २३० मिलिग्राम लागु औषध (ब्राउन सुगर) बरामद भएको दाङ प्रहरी प्रवक्ता डीएसपी डा. हेमबहादुर केसीले जानकारी दिए । उनका अनुसार उनीहरुबाट ७९ हजार ५०० रुपैयाँ नगद, डिजिटल मेसिन तराजु १ थान र एण्ड्रोईड मोबाईल २ थान पनि बरामद गरिएको छ ।

पक्राउ परेका दुबै जनालाई दाङ जिल्ला अदालत घोराही दाङबाट १२ दिनको म्याद लिएर थप अनुसन्धान कार्य भई रहेको डीएसपी केसीले बताए । ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार  १ : १८ बजे

नेपालबाट बाहिरियो यस वर्षको मनसुन, औसत मितिभन्दा १२ दिन ढिलो

काठमाडौं । यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको छ।

मणिमुकुन्द सेन उद्यानको नयाँ कार्यसमितिको पदस्थापन

बुटवल । मणिमुकुन्द सेन उद्यान संरक्षण समितिको छैटौँ अधिवेशनबाट निर्वाचित

पोखरा-दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला

पोखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको

फेरियो ९ वर्षदेखि कन्तबिजोग खजुरा सडकको मुहार

नेपालगन्ज । बिगत ९ वर्षदेखि सडक निर्माणको नाममा कन्तबिजोग बनाइएको

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९