१ मंसिर २०८३, मंगलबार | November 17, 2026

नेपालगन्जमा कर सप्ताह सुरु



नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को अवसरमा मंगलबार नेपालगन्जमा प्रभातफेरि गरिएको छ । आन्तरिक राजस्व कार्यालय नेपालगन्जको आयोजनामा करसम्बन्धी सचेतना अभिवृद्धि सम्बन्धि प्लेकार्डहरुको प्रदर्शन सहित नेपालगन्जमा प्रभातफेरि गरिएको हो ।

आन्तरिक राजस्व कार्यालय परिसरबाट सुरु भएको प्रभातफेरि बीपी चोक, धम्बोझी चोक, सेतु विक चोक, न्युरोड, त्रिभुवन चोक, चारबाहिनी चोक र गणेशमान चोक हुँदै पुनः कार्यालय परिसरमा पुगेर समापन भएको थियो ।

प्रभातफेरिको समापन तथा कर सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्ने वक्ताहरूले कर सप्ताहले करप्रतिको सचेतना अभिवृद्धि गर्नुका साथै कर तिर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनीहरूले करलाई राज्य सञ्चालन र विकास निर्माणको महत्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै प्रत्येक नागरिकलाई करप्रति जिम्मेवार र सचेत बनाउनुपर्नेमा जोड दिए । कर प्रणालीलाई पारदर्शी, न्यायपूर्ण र व्यवस्थित बनाउन राज्य तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत प्रेमप्रसाद उपाध्यायले करदातालाई करसम्बन्धी सचेतना अभिवृद्धि गरिने बताए । उनले व्यवसायीहरुसंग सहकार्य गरी उनीहरुलाई अझबढी जिम्मेवार बनाईने प्रतिबद्धता ब्यक्त गरे । उनले कार्यालयले कर मैत्री बाताबरणमा सेवा प्रवाह गर्दै आएको जानकारी पनि दिए ।

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष चिरञ्जिवी वलीले कर प्रणालीलाई पारदर्शी, न्यायपूर्ण र व्यवस्थित बनाउन राज्य तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले कर तिर्न सहज बाताबरण राज्यले बनाउनु पर्ने कुरामा जोड दिए ।

यस वर्ष ‘कर न्याय र सुशासनको सुनिश्चितता ः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मंसिर १ देखि ७ गतेसम्म राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइँदैछ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपालगन्ज् भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेत, नेपाल लेखामान बोर्डका सदस्य अब्दुल करिम खाँ, अडानका केन्द्रीय सचिव मो. जुबेर राई, आइक्यान बाँकेका अध्यक्ष प्रभञ्जन रेग्मी, अडानका अध्यक्ष भुवनप्रकाश गैह्रे तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

मंसिर १ गते हरेक वर्ष नेपालमा कर दिवस मनाइन्छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आन्तरिक राजस्व कार्यालय नेपालगञ्जले मंसिर ७ गते उत्कृष्ट करदातालाई सम्मान गर्ने कार्यक्रम राखेको छ । यसका साथै रक्तदान लगायतका सचेतनामूलक तथा सामाजिक कार्यक्रम समेत आयोजना गरिने कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८३, मंगलबार  ८ : ३२ बजे

Your email address will not be published.

सहकारी ठगी मुद्दामा नेपाली सहित सात जनालाई कैद र जरिवाना

पोखरा । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण

भारत भ्रमणमा नेपालगन्ज–दिल्ली हवाई उडान र सुख्खा बन्दरगाह निर्माणलाई एजेण्डामा समावेश गर्न माग

नेपालगन्ज । प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालगन्ज–दिल्ली सिधा हवाई उडान सञ्चालन

नेपालगन्जमा कर सप्ताह सुरु

नेपालगन्ज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८३ को

सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर

माछापुच्छ्रे बैंक र ट्याप ट्याप सेन्टबीच रेमिट्यान्स सम्झौता

काठमाडौ । नेपालमा विप्रेषण सेवालाई थप सहज, सरल, सुरक्षित तथा