२ मंसिर २०८३, बुधबार | November 18, 2026

कामिल मिशाराको कीर्तिमानी शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०४ रन बनाएको हो ।

चितवनका ओपनर कामिल मिशाराले अविजित १२० रनको शतकीय पारी खेले । उनले ५३ बलको सामना गर्दै चार चौका र आठ छक्का प्रहार गरे । उनको यो पारी एनपीएल इतिहासकै एकै खेलमा कुनै पनि ब्याटरले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर भएको दाबी गरिएको छ ।

मिशाराको शतक एनपीएलको तेस्रो संस्करणमा बनेको दोस्रो शतक हो । उनले आक्रामक ब्याटिङ गर्दै चितवनलाई बलियो योगफलसम्म पुर्‍याएका हुन् ।

चितवनका लागि रवि बोपाराले पनि अर्धशतकीय पारी खेले । उनले ४२ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ५३ रन बनाए ।

काठमाडौंका लागि कप्तान करण केसी र राशिद खानले समान दुई-दुई विकेट लिए ।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याउन काठमाडौं गोर्खाजले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ ।

प्रकाशित मिति : २ मंसिर २०८३, बुधबार  ७ : ०७ बजे

Your email address will not be published.

कामिल मिशाराको कीर्तिमानी शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत इलिमिनेटर

एनपीएल इलिमिनेटरमा चितवनले टस जित्यो, काठमाडौंलाई पहिले बलिङको निम्तो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बुधबार

बरामद ४९ कम्प्युटर र १५५ मोबाइलको अनुसन्धान गरिँदै

काभ्रेपलाञ्चोक । १५५ थान मोबाइल र ४९ कम्प्युटर (ल्यापटप)को जिल्ला

दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारी निर्णय बदर

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज