खजुरा । बाँकेको खजुरा गाउँपालिका खण्डमा पर्ने हुलाकी राजमार्ग खण्डको सडक सिमा भित्रका घरटहरा खाली गर्न पालिकाले १५ दिने सूचना जारी गरेको छ । सडक सुरक्षा, सौन्दर्यकरण र फुटफाथ विस्तारको कार्य गर्नका लागि सडक सिमाभित्रका संरचना खाली गराउन पालिकाले सूचना प्रकाशित गरेको हो ।
नेपालगन्ज गुलरिया सडक अन्तर्गत हुलाकी राजमार्गको सडक खण्ड (खजुरा १ नम्बरदेख इलाका प्रहरी कार्यालय, धनौली) सम्मको राजमार्गको सडक खण्डमा सडक सिमा १५र१५ मिटर कायम गरि मापदण्ड बमोजिम हुलाकी राजमार्ग निर्देशनालय मार्फट फुटपाथ विस्तार गर्नुपर्ने भएको भन्दै सूचना प्रकाशित भएको १५ दिन भित्र सडक सिमा भित्रका घरटहरा, पसल, पर्खाल, अस्थायी संरचना तथा अन्य कुनैपनि प्रकारका अवरोधहरु अनिवार्य हटाई राजमार्गको सडक सिमा पूर्णरुपमा खाली गर्न पालिकाले सूचना जारी गरेको हो ।
तोकिएको १५ दिनको समयसीमाभित्र अतिक्रमण वा अवरोध स्वयं नहटाएमा प्रचलित कानुनबमोजिम गाउँपालिकाले नै त्यस्ता अतिक्रमित संरचना तथा अवरोध हटाउने सूचनामा उल्लेख गरिएको छ । सूचनामा अवरोध हटाउने क्रममा हुने सम्पूर्ण खर्च तथा दायित्व सम्बन्धित ब्यक्तिरसंस्थारधनीबाट असुल उपर गरिने समेत जनाइएको छ ।
पालिकाले सडक सार्वजनिक सम्पत्ति भएको स्मरण गराउँदै यसको संरक्षण, विकास र सौन्दर्यीकरणमा सबैको सहयोगको अपेक्षा समेत गरेको छ ।
खजुरा गाउँपालिका र हुलाकी निर्देशनालयको योजना कार्यालय नेपालगन्जबीच नयाँ स्तरोन्नती भएको सडक खण्डमा सडक बत्ति जडान गर्ने, फुटपाथ विस्तार गर्ने, सडक किनारमा हरियाली(शौन्दर्यकरण) बनाउने, पेडारी नालाको दाँयाबाँया पार्क निर्माण गर्ने तथा आवश्यक स्थानमा यात्रु प्रतिक्षालय बनाउने विषयमा सहमती भएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

















प्रतिक्रिया