३१ श्रावण २०८३, आइतबार | August 16, 2026

कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्किन्न : मुख्यमन्त्री केसी



कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले कोदालोले खनेको खड्डाबाट बिरुवा नहुर्किने बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनधामको आठौँ चुरे दिवसको अवसर वनका कर्मचारीलाई इङ्गित गदै सो कुरा बताएका हुन् ।

‘अहिले कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्कन्न । यो कुरा जसले पनि बुझेको हो,’ बनेका कर्मचारी कोही हुनुहुन्छ की नाइँ भन्दै यता उता खोज्दै भने, ‘वन सम्बन्धी आजको पढाई त्यही होला नि ! कोदालोले खनेर वृक्षारोपण गरेर आज सम्म हुर्केको कहीँ देख्नु भा छ । ३० वर्ष भई सक्यो वृक्ष रोपण गरेको ४० वर्ष भइसक्यो ।’

उनले प्रदेशका नदीको किनारालाई ब्याम्वो जोन बनाउने समेत बताए । प्रदेश भरीका समपूर्ण नदीनालाको दायाँ-बायाँ किनारमा बाँस रोपेर ब्याम्वो जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने उनले दाबी गरे ।

मुख्यमन्त्री केसीले बाँसको बीचमा अम्रिसो लगाउन समेत आग्रह गरेका छन् । यसरी वृक्षारोपण गर्दा तटबन्धको काम गर्ने र रोजगारी समेत सिर्जना हुने बताए । यो प्रदेश सरकारको योजना समेत रहेको स्पष्ट पारे । सो अवसरमा उनले वृक्षारोपण समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता ढकालले वृक्षारोपण पछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताइन् । चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरे पनि अपनत्व नहुँदा बिरुवा कम हुर्किएको उनले दाबी गरेकी थिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताएका थिए । सो अवसरमा ८ हजार बिरुवा वृक्षारोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बकाइनो, इपिलिपी लगायतका बिरुवा लगाइएको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : १७ बजे

नालायकबाट शासित मुलुक लफङ्गाहरूको हातमा पुगेको पुष्टि भयो : घनश्याम भुसाल

काठमाडौं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले मुलुक यसअघि

‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरू गर्दै रास्वपा

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि

भारतीय प्रधानसेनापति सेठ काठमाडौंमा, सोमबार मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन्।

बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्न ग्यास बिक्रेता महासंघको माग

काठमाडौं । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण

न्यायालयप्रति पूर्ण विश्वास छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले