२ पुस २०८२, बुधबार | December 17, 2025

कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्किन्न : मुख्यमन्त्री केसी



कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसीले कोदालोले खनेको खड्डाबाट बिरुवा नहुर्किने बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका-८ मधुवनधामको आठौँ चुरे दिवसको अवसर वनका कर्मचारीलाई इङ्गित गदै सो कुरा बताएका हुन् ।

‘अहिले कोदालोले खनेको खड्डाबाट बिरुवा हुर्कन्न । यो कुरा जसले पनि बुझेको हो,’ बनेका कर्मचारी कोही हुनुहुन्छ की नाइँ भन्दै यता उता खोज्दै भने, ‘वन सम्बन्धी आजको पढाई त्यही होला नि ! कोदालोले खनेर वृक्षारोपण गरेर आज सम्म हुर्केको कहीँ देख्नु भा छ । ३० वर्ष भई सक्यो वृक्ष रोपण गरेको ४० वर्ष भइसक्यो ।’

उनले प्रदेशका नदीको किनारालाई ब्याम्वो जोन बनाउने समेत बताए । प्रदेश भरीका समपूर्ण नदीनालाको दायाँ-बायाँ किनारमा बाँस रोपेर ब्याम्वो जोन बनाउने र ५ देखि १० वर्षभित्र स्थानीय निकायले बाँस निर्यात गर्ने उनले दाबी गरे ।

मुख्यमन्त्री केसीले बाँसको बीचमा अम्रिसो लगाउन समेत आग्रह गरेका छन् । यसरी वृक्षारोपण गर्दा तटबन्धको काम गर्ने र रोजगारी समेत सिर्जना हुने बताए । यो प्रदेश सरकारको योजना समेत रहेको स्पष्ट पारे । सो अवसरमा उनले वृक्षारोपण समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण विकास समितिका सदस्य डा. सुस्मिता ढकालले वृक्षारोपण पछि बिरुवा हुर्काउनको लागि समुदाय र स्थानीय सरकारले अपनत्व लिनु पर्ने बताइन् । चुरे क्षेत्रको संरक्षणको लागि सरकार र विभिन्न निकायले करोडौँको लगानी गरे पनि अपनत्व नहुँदा बिरुवा कम हुर्किएको उनले दाबी गरेकी थिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले अत्यधिक चुरे दोहनले वातावरणमा असर गरेको बताएका थिए । सो अवसरमा ८ हजार बिरुवा वृक्षारोपण गरिएको थियो । सिसौ, खयर, बडहर, बकाइनो, इपिलिपी लगायतका बिरुवा लगाइएको थियो ।

प्रकाशित मिति : २ असार २०७९, बिहिबार  ७ : १७ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको