२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

नागरिकता विधेयक पास गरेर माओवादी केन्द्रले प्रतिबद्धता पूरा गर्‍यो : अध्यक्ष प्रचण्ड



सर्लाही । पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले नागरिकता विधेयक पास गरेर आफ्नो प्रतिबद्धता पूरा गरेको बताएका छन् ।

पार्टीले सर्लाहीमा शनिवार आयोजना गरेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सबाेधन गर्न बागमती आइपुगेका अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।

माओवादी केन्द्रले मधेश प्रदेशमै आएर गरेको नागरिकतासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गरेको उनकाे भनाइ थियो । ‘हामीले अबको सदनमा नागरिकतासम्बन्धी विधेयक पास हुन्छ भनेका थियौँ ।’ उनले भने, ‘हिजोबाट मधेश र पहाडका गरी सात लाखको हाराहारीमा नागरिकताबाट पीडित युवाको समस्या समाधान गर्ने निर्णय गरिसकेका छौं । नागरिकता नपाएर पीडित बनेका युवा र सम्पूर्णमा बधाई भन्न चाहान्छु ।’ उनले भने, ‘यसबाट फेरी एक पटक आमजनताको पार्टी भनेको माओवादी केन्द्र हो भन्ने पुष्टि भएको छ ।’ नागरिकताकै कारण अब कोही नेपाली अनागरlक बन्नु पर्ने दिन नआउने उनले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७९, आइतबार  १ : २६ बजे

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक

जन्मसिद्ध नागरिकतामा फेरि कडाइ गर्न ट्रम्पको नयाँ कदम

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकताको अधिकारमा

प्रतिनिधिसभाको बैठक आज, पाँच विधेयक संसद्मा प्रस्तुत गरिने

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को मौका

वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सावधानी अपनाउन अनुरोध

काठमाडौं । वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा