११ पुस २०८२, शुक्रबार | December 26, 2025

सत्तारुढ दलप्रति ओलीको आक्रोश : प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेकोमा आक्रोश व्यक्त गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले सत्तारुढ दलप्रति आक्रोश व्यक्त गरे ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गरे ।

पास नहुने महाअभियोग प्रस्ताव ल्याएर जबरालाई डामेर छाड्न खोजेको भन्दै ओलीले भने, ‘महाअभियोग प्रस्ततावको छिनोफानो गर्नुपर्दैन ? महाअभियोग पास नहुने भएपछि डामेर छाड्न मिल्छ ? ६ महिनादेखि अलपत्र छ । छलफल हुन्छ प्रस्ताव अघि बढ्दैन ।’

संसद बैठकमा महाअभियोगको प्रस्तावलाई टेबुल नगरे भन्दै सभामुख सापकोटा सरकारको खेलौनाजस्तो भएको ओलीको टिप्पणी छ ।

ओलीले इतिहासमै अहिले जस्तो राज्यसंयन्त्रको दुरुपयोग कहिले नभएको पनि दाबी गरे । कानुन नभएको शासन जस्तो अहिलेको सरकार रहेको उनले बताए । ‘राज्यसत्ताको यो भन्दा नग्न दुरुपयोग कहिले भएको थिएन । महान्यायाधिवक्ताको कामै मान्छे मार्नेको जाहेरी नलिन दबाब दिने गरेका छन् । कति सारो खेलवाड ?’ ओलीले भने ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  २ : ०७ बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’