११ पुस २०८२, शुक्रबार | December 26, 2025

बिरामी भए उपचार गर्ने पैसा समेत छैन, अरुका लागि भ्रष्टाचार गर्दिन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुसँग उपचार गर्ने समेत पैसा नभएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बिरामी भइहाले आफुसँग उपचार गराउने पैसा पनि नभएको बताएका छन्।

ओलीलेआफ्नो सबै व्यक्तिगत सम्पति राज्यलाई बुझाइसकेको बताउँदै भने, ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु । ‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ । बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।

ओलीले आफु देशका लागि समर्पित भएको जिकिर गर्दै पैसाका लागि भ्रष्टाचार कहिल्यै नगरेको दाबी गरे । उनले आफु बद्नाम नभएर अरुका लागि पैसा कमाइदिनुपर्ने काम आफुले कहिल्यै नगरेको र नगर्ने पनि बताए ।

सबै भ्रष्ट छन् भनेर हल्ला चलाइएकोमा गुनासो गर्दै उनले भने ‘जसले आफ्नै प्रपर्टी, सिंगै प्रपर्टी डोनेट गर्छ, अनि उसले भ्रष्टाचार गरेर कलाई खुवाउने ? मसँग छ भने मैले तपाईंलाई खुवाउन सक्छु, छैन भने भ्रष्टाचार गरेर म किन खुवाउँछु ?’ ‘भ्रष्टाचारी म हुने, खाने अर्को, त्यो म किन गर्छु ?, ओलीले थपे, ‘त्यसकारण यो कुरा सम्भव छैन ।’

प्रकाशित मिति : २९ श्रावण २०७९, आइतबार  १० : ५९ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिन । आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’

पशुपतिनाथमा धनुर्मास पूजा

काठमाडौं । सूर्य धनु राशिमा रहेका बेला पशुपतिनाथ मूल मन्दिरमा

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी । मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा