४ पुस २०८२, शुक्रबार | December 19, 2025

साढे सात सय मतले गृहमन्त्रीलाई पछि पार्दै बाेहराकाे अग्रता



भैरहवा । रुपन्देही क्षेत्र नम्बर ३ मा दिपक बाेहराकाे अग्रता कायम रहेकाे छ ।

१४ हजार सात सय ५५ मत गणना हुँदा बाेहराले पाँच हजार ६ सय ५७ मतसहित अग्रता कायम गरेका हुन् ।

उनकाे निकटम प्रतिद्वन्द्वी एवं गृहमन्त्री बालकृष्ण खाणले  चार हजार नाै सय १० मत प्राप्त गरेका छन् । यतिबेला गणना भइरहेकाे क्षेत्र कांग्रेसकाे पकड मानिएकाे मायादेवी ७ र ८, तिलाेत्तमा १४, ओमसतिया २ मा पनि बाेहराले अग्रता कायम गरेका छन् ।

यसैगरि सियारी १ काे पनि मतगणना सकिएकाे छ । मायादेवी ७ र ८ मा ४५३० मत खसेकाेमा खाणकाे पक्षमा १९४१ र हलाेलाई १४३६ मत प्राप्त भएकाे थियाे ।

यता तिलत्ताेमा १४ मा ४६१० मतमध्ये रुखमा १४८३ र हलाेमा १९३४ मत आएकाे छ । यसैगरि, ओमसतिया २ र सियारी १ मा मतगणना सम्पन्न हुँदा रुखलाई १४८६ र हलाेमा २२८६ मत प्राप्त भएकाे छ ।

यसरी अहिले दिउँसाे ४ बजे सम्मकाे मतगणना सकिँदा बाेहरा ७४७ मतले खाणभन्दा अगाडि रहेका छन् । याेबीचमा एक हजार १४ मत बदर भएकाे छ । राप्रपाका नेता समेत रहेका पूर्वमन्त्री  बाेहरालाई एमाले  र जसपाकाे समर्थन रहेकाे छ । यता, गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, राजमाेलगायतले समर्थन गरेका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७९, मंगलबार  ४ : ३९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको