२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गुल्मीमा जीप दुर्घटना : ४ जनाको मृत्यु



बुटवल । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका-३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्यले बताए ।

सत्यवती-३ का ३३ वर्षका कार्बाव्लिन सोमै, ४३ वर्षकी जमुना सोमै, ३२ वर्षका चेतमान सिङ्जाली, ४९ वर्षका गिरबहादुर राहादी र खण्डन सोमै रहेको आचार्यले बताए ।

घाइते ५ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको सत्यवती गाउँपालिका-३ का वडाअध्यक्ष जीतबहादुर त्रामुमगरले बताए ।

दुर्घटना भएको सूचना प्राप्त हुनसाथ उद्धारको लागि एम्बुलेन्स सहितको प्रहरीको टोली घटनास्थलतर्फ गएको गुल्मीका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार  ६ : ५२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार