२० मंसिर २०८२, शनिबार | December 6, 2025

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय



काठमाडौं । नेकपा माओवादी केन्द्रबाट पहिलो चरणमा नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रको आज बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री सहित मन्त्री बनाउने निर्णय गरेको हो । केही दिनअघि मात्र राष्ट्रिय सभामा दलको नेतामा चयन भएका श्रेष्ठ मन्त्री बन्न लागेको माओवादी सचिव दीनानाथ शर्माले बताए । तर उनी कुन मन्त्री बन्दैछन् भन्नेबारे अहिल्यै टुंगो लागेको छैन ।

अन्य मन्त्रीहरुको बारेमा भने सत्ता सहयात्री अन्य दलहरुसँग छलफल गरेपछि मात्र टुंगो लाग्ने बताइएको छ । अहिले ११ बजे सत्ता सहयात्री दलहरुको संयुक्त बैठक बस्दैछ । आज पाँच दलबाट एक एक जना मन्त्रीले सपथ लिएर मन्त्रिपरिषद् गठन हुने नेता शर्माले जानकारी दिए ।

पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको विकसिर राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डसहितका मन्त्रीहरुले आज साँझ ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहण गर्नेछन् ।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  १० : ४८ बजे

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ