४ पुस २०८२, शुक्रबार | December 19, 2025

अध्यागमनको सर्भर डाउन हुँदा त्रिभुवन विमानस्थलका उडानहरु ठप्प



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागनमको सर्भर डाउन भएको छ । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय तर्फको उडान प्रभावित भएको छ । उडान प्रभावित भएका कारण सयौं यात्रु समस्यामा परेका छन् ।

अध्यागमनको सर्भर डाउन भएपछि प्रवेशाज्ञा र प्रस्थान अनुमति दिने कार्य पनि प्रभावित भएको छ । सर्भर नचलेका कारण विमानहरु समयमै उड्न पाएका छैनन् भने विमानस्थल आइपुगेका यात्रु र विमानहरु समस्यामा परेका छन् ।

विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले धेरै बेर समस्या आए पार्किङ समेत समस्या हुन सक्ने भएकाले अवतरणमा समेत समस्या हुने बताए ।

अध्यागमन विभागका महानिर्देश ऋषिराम तिवारीले भने सर्भरमा नभएर विमानस्थलभरि इन्टरनेट सेवामा समस्या आएको दाबी गरे ।

त्रिभुवन विमानस्थलमा यस अघि पनि सर्भरमा समस्या आएर उडानहरु प्रभावित बनेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार  ३ : ०३ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको