४ पुस २०८२, शुक्रबार | December 19, 2025

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाउने सचिवविरुद्ध मुद्धा दायर



काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ।

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले बिशेष अदालत आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ५ : २९ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता