३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

नियमित रक्तदाता संघले आयोजना गरेको पहिलो कार्यक्रममा १५३ जनाद्धारा रक्तदान



बुटवल । नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन : संचालनमा आएपछि शनिवार गरेको पहिलो रक्तदानमा कार्यक्रममा १५३ जनाले रक्तदान गरेका छन ।

संस्था पुनर जिवित भएपछि आयोजित पहिलो रक्तदान कार्यक्रममा रक्तदान गर्न आउनेहरुकोे उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस शोसाईटी प्रदेश ५ का महामन्त्री कृष्ण पंगेनीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरि कार्य योजना बनाएकोले यस्ता मानविय कार्यलाई अन्य संस्थाहरुले पनि अनुसरण गर्नु पर्ने धारणा राख्नुभयो ।

संस्थाका संरक्षक तथा रुपन्देहीका पहिलो रक्तदाता मृगेन्द्र कुमार शेरचनले रगतको अभाव हुन नदिने गरि संस्थालाई पुनरजिवन दिएको र अवका दिनमा यसलाई थप प्रभावकारी बनाउन माग गर्नुभयो ।

संस्थाका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सहसंयोजक तथा कार्यक्रमका संयोजक लेखनाथ भण्डारी सचिव महेश खनाल सल्लाहकार विमल बहादुर शाक्य, सुुरेन्द शाक्य, राजकुमार श्रेष्ठ, आनन्द कुमार भट्रराई कानुनी सल्लाहकार दामोदर घिमिर प्रेस सल्लाहकार यमलाल भुसाल लगायतले रगतको अभाव हुन नदिन र कोही कसैलाई रगतको समस्या परेमा ततकाल समाधान गर्न संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको छ ।

रक्तदान कार्यक्रममा रक्त संचार सेवा केन्द्रका निरन्जन राज भण्डारी, राधा ज्ञवाली, वारसि अली, हरि गुरुङ, जनम चौधरीले प्राविधिक सहयोग गर्नु भएको रक्तदान कार्यक्रममा डल्ले बुटवलले प्रायोजन गरेको डल्ले बुटवलका म्यानेजर सिद्धार्थ रिजालले बताउनुभयो ।
संस्थाले हरेक महिनाको तेस्रो शनिवार रक्तदान गर्ने गरि कार्ययोजना बनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ९ : १५ बजे

आधा शताब्दीपछि पोखरा बसपार्क निर्माणको आशा जाग्दै

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा वर्षौंदेखि सञ्चालनमा रहेका

काठमाडौंका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइँदै

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी

डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमितिको चयन

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४

फिफा विश्वकप फुटबल : क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय