३ पुस २०८२, बिहिबार | December 18, 2025

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली



स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताए ।

एमाले सरकारमा हुँदा विकासले फड्को मारेको जिकीर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिए । उनले एमालेको सरकार हुँदा एकै दिन तीन सय ९६ योजनाको शिलन्यास गरेर नयाँ इतिहास रचेको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेको पालामा भएका विकास निर्माणसम्बन्धी आयोजनाका बजेट कटौती नगर्न आग्रह गरे ।

“सरकार जनजिवीकाका सवालमा गम्भीर भएर लाग्न आवश्यक छ”, उनले भने, “वर्तमान सरकारले एमालेको सुझाव मान्दैन भने पनि निराश हुनुपर्दैन एमालेले जनताको काम गर्छ ।” एमाले प्रतिपक्षमा मात्र नबस्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउन आफ्नो पार्टी सरकारमा जाने र त्यसका लागि वातावरण बनाउने उल्लेख गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : ४७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका