४ चैत्र २०८२, बुधबार | March 18, 2026

विकास र समृद्धिको ढोका खोल्छौँ : अध्यक्ष केपी ओली



स्याङ्जा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन् । आँधीखोला गाउँपालिकाको नयाँ भवन उद्घाटन कार्यक्रममा आज उनले देशमा एमाले मात्र जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी गर्दै जनताका आवश्यकताका आधारमा कामको गतिलाई बढाउने बताए ।

एमाले सरकारमा हुँदा विकासले फड्को मारेको जिकीर गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेले जस्तो लोकप्रिय काम गरेर देखाउन चुनौती दिए । उनले एमालेको सरकार हुँदा एकै दिन तीन सय ९६ योजनाको शिलन्यास गरेर नयाँ इतिहास रचेको दाबी गरे । अध्यक्ष ओलीले वर्तमान सरकारलाई एमालेको पालामा भएका विकास निर्माणसम्बन्धी आयोजनाका बजेट कटौती नगर्न आग्रह गरे ।

“सरकार जनजिवीकाका सवालमा गम्भीर भएर लाग्न आवश्यक छ”, उनले भने, “वर्तमान सरकारले एमालेको सुझाव मान्दैन भने पनि निराश हुनुपर्दैन एमालेले जनताको काम गर्छ ।” एमाले प्रतिपक्षमा मात्र नबस्ने बताउँदै अध्यक्ष ओलीले देश बनाउन आफ्नो पार्टी सरकारमा जाने र त्यसका लागि वातावरण बनाउने उल्लेख गरे ।

प्रकाशित मिति : २६ जेष्ठ २०८०, शुक्रबार  ८ : ४७ बजे

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना