८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

माधव नेपालले गरे सरकार ढलाउने संकेत



काठमाडौँ । सत्ता गठबन्धनमा प्रमुख मध्यको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने संकेत गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा कडाढंगले प्रस्तुत भएका अध्यक्ष नेपालले संसद बाहिरसञ्चारकर्मीहरुसँग कुरा गर्दै यथास्थितिमा पास भए सरकार ढल्ने संकेत गरेका हुन् ।

उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट नसच्याइए सरकार दुर्घटनामा पर्न सक्ने बताए । अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको दाबी गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । संसदमा सांसदहरुले लगाउको आरोपलाई दोहोर्याउँदै उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताए । पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको उनले जानकारी दिए ।

बर्तमान सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालयसहित सहभागी रहेको छ । नेपालले जस्तै संसदमा सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् ।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्नेकुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको पनि बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ४४ बजे

महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने पठाओ चालक पक्राउ

ललितपुर । महिला सेवाग्राहीलाई दुर्व्यवहार गर्ने एकजना पठाओ चालक पक्राउ

सांसदले स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट दायर

काठमाडौं । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको पछिल्लो निर्णयविरुद्ध

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश