७ पुस २०८२, सोमबार | December 22, 2025

माधव नेपालले गरे सरकार ढलाउने संकेत



काठमाडौँ । सत्ता गठबन्धनमा प्रमुख मध्यको दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने संकेत गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा कडाढंगले प्रस्तुत भएका अध्यक्ष नेपालले संसद बाहिरसञ्चारकर्मीहरुसँग कुरा गर्दै यथास्थितिमा पास भए सरकार ढल्ने संकेत गरेका हुन् ।

उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट नसच्याइए सरकार दुर्घटनामा पर्न सक्ने बताए । अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको दाबी गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । संसदमा सांसदहरुले लगाउको आरोपलाई दोहोर्याउँदै उनले बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताए । पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको उनले जानकारी दिए ।

बर्तमान सरकारमा नेकपा एकीकृत समाजवादी दुई मन्त्रालयसहित सहभागी रहेको छ । नेपालले जस्तै संसदमा सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् ।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्नेकुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको पनि बताए ।

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ४४ बजे

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहको आजदेखि देशव्यापी आन्दोलन

काठमाडौं । सरकारको कार्यशैली र उपलब्धिप्रति असन्तुष्टि जनाउँदै जेनजी समूहले

निर्वाचन ७३ दिन बाँकी : यस्तो छ आयोगले तोकेको समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी