१९ माघ २०८२, सोमबार | February 2, 2026

सिटिजन्स बैंक नक्कली प्रमाणपत्र प्रकरण : एकपछि अर्को कर्मचारी पक्राउ पर्दै



काठमाडौं । नक्कली प्रमाणपत्र पेश गरेर जागीर खाएकासिटिजन्स बैंकबाट कर्मचारी पक्राउ हुने क्रम जारी रहेको छ । यस अघि ६ जना कर्मचारी पक्राउ गरेको प्रहरीले थप  सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुले आन्तरिक बढुवाका लागि प्रमाणपत्र पेश गर्नेक्रममा नक्कली प्रमाणपत्र पेश गरेको खुलेसँगै धमाधम पक्राउ परेका हुन् । प्रहरीका अनुसार पक्राउ परेका सबैले प्रविणतापत्र तह पास गरेको प्रमाणपत्र पेश गरेर सहायक स्तरको पदबाट बैंकका प्रवेश गरेका थिए ।

अधिकृत स्तरको तहमा बढुवा हुनका लागि उनीहरुले पेस गरेको स्नातक तहको प्रमाणपत्र नक्कली भएको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु मध्य केहीले भारतमा हुँदै नभएको विश्वबिद्यालयका नाममा प्रमाणपत्र छापेर पेश गरेका थिए । नाम नै नसुनिएको विश्वबिद्यालयको नाममा प्रमाणपत्र र त्रिभुवन विश्वविद्यालयको इक्यूभ्यालेन्ट आएपछि बैंक प्रशासनले शंका लागेर त्रिभुवन विश्वविद्यालय प्रशासनसँग इक्यूभ्यालेन्टको बैधताबारे सोधखोज गरेसँगै नक्कली प्रमाणपत्र प्रकरण बाहिरिएको थियो । पक्राउ परेका मध्य अधिकांसले भारतको दिल्ली तथा हिमाचल लगायतका प्रदेशका विश्वविद्यायको नाममा नक्कली शैक्षिक प्रमाणपत्र बनाइएको पाइएको प्रहरीले जनाएको छ ।

भारतमा अध्यन गरेको प्रमाणपत्र नेपालमा त्रिभुवन विश्वविद्यालयले इक्यूभ्यालेन्ट गरेपछि मात्र वैधानिक मानिन्छ । अधिकृत स्तरको तहमा बढुवाका लागि उनीहरुले पेस गरेको प्रमाणपत्रमा शंका लागेपछि बैंकले त्रिभुवन विश्वविद्यालयमा पुष्टिका लागि पठाएको थियो । तर उनीहरुले उक्त इक्यूभ्यालेन्टसमेत नक्कली छपाएर पेश गरेको पाइएको दाबी गरिएको छ । बैंकको आग्रहमा इक्यूभ्यालेन्ट परिक्षण गर्दा नक्कली फेला परेपछि त्रीबी प्रशासनले विवरण प्रहरीमा पठाएपछि प्रहरीले ती कर्मचारीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कर्मचारीहरु बैंक मर्ज भएर आउने क्रममा मर्ज भएका बैंकहरुबाट भर्ना भएका कर्मचारीहरु भएको बैंकका प्रवक्ता नारायणराज अधिकारीले दाबी गरे । उनले बैंक आफै पनि यस सम्बन्धमा आन्तरिक छानबिनमा रहेको बताउँदै छिट्टै त्यस विषयमा सबैकुरा बाहिर आउने बताए ।

यसअघि यो प्रकरणमा ६ जना बैंकका कर्मचारी पक्राउ परिसकेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो । यसअघि सिटिजन्स बैंकको बुटलवस्थित ड्राइभर चोक ब्रान्चमा कार्यरत मनिषा मास्के, मणिग्राम ब्रान्चमा कार्यरत गोमा ज्ञवाली, कालिकानगर ब्रान्चमा कार्यरत कल्पना खत्री, सोही ब्रान्चमा कार्यरत प्रतिक्षा रेग्मी, बुटवल ब्रान्चमा कार्यरत खिमानन्द गौतम र दीपक बिष्टलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

यो प्रकरणमा प्रहरीले चार जना अन्य कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेपनि उनीहरु फरार भएका छन् भने अन्य सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गराउनका लागि अदालतबाट अनुमति लिने तयारी भइरहेको प्रहरीले जनाएको छ । सो प्रकरणमा थप अनुसन्धान भइरहेको काठमाण्डौ प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०८०, बिहिबार  ६ : १७ बजे

राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्रीले गरे शिष्टाचार भेट

काठमाडौं । जापानको चार दिने भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलसँग

राष्ट्रियसभा : सदाचार नीति छिट्टै ल्याउन आग्रह

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले सदाचार नीति लागू हुन नसक्दा

राष्ट्रियसभामा प्रधानमन्त्रीको पहिलो सम्बोधन : तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र

काठमाडौं-१ : ‘हेभीवेट’ नेताको बिरासतमा नयाँ अनुहार

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनापछिका निर्वाचनमा मुलुककै सर्वाधिक चर्चामा रहँदै आएको

‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट बुटवलमा दुई हजारभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित

बुटवल । बुटवल उपमहानगरपालिकाले सञ्चालन गरेको ‘बा-आमासँग नगरप्रमुख’ कार्यक्रमबाट दुई