१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

प्रचण्ड सरकार देशलाई टाट पल्टाउन उद्यत छ : ओली



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन् ।

मुलुकको अर्थतन्त्र धरासयी बन्दै गएको र बैंकहरुसँग ऋण लिएर कर्मचारीले तलब खुवाउनु पर्ने अवस्था आउँदा पनि प्रचण्ड सरकार गम्भिर नभएको ओलीको आरोप छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले अर्थतन्त्र धरासयी हुदाँ पनि बर्तमान सरकारले कुनै बिजनेस प्लान बनाउन नसकेकोसमेत जनाए । ‘अर्थतन्त्र धरासयी भईसकेको छ, सरकार बैंकहरुसँग ऋण मागेर कर्मचारीलाइ तलब खुबाउने अवस्थामा छ, असोज फेरी बैंकसँग तलब खुवाउन ऋणा माग्दैछ तर कुनै गम्भिर भएको छैन, इतिहासका यति निकम्मा सरकार अहिलेसम्म बनेको थिएन, यो सरकारसँग कुनै बिजनेस प्लान छैन ।’

सरकार रेमिटयान्सको आम्दानी देखाएर मख्ख परेको तर उत्पादन बढाउनका लागि कुनै ‘बिजनेस प्लान’ बनाउन नसकेको पनि उनको भनाई छ ।

‘यो सरकार देशलाई टाट पल्टाउन लागेको छ, अर्थतन्त्र धरासयी हुदाँ पनि अलिकति पनि गम्भिर छैन्,’ उनले भने, ‘यो सरकारले अर्थतन्त्र ह्यान्डल गर्न सक्दैन, यो निकम्मा भईसक्यो ।ु

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलबार  ३ : २१ बजे

विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई

आज १३७ औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

काठमाडौं । सरकारले दोस्रो चरणअन्तर्गत आजदेखि काठमाडौं उपत्यकाका वाग्मती तथा

आज २५७० औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ