३० बैशाख २०८३, बुधबार | May 13, 2026

सैनामैनामा सुरु भयो दशैँ सस्तो पसल



सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा मुर्गीयामा दशैँ सस्तो पसल सञ्चालन गरिएको छ । राजमार्ग किनारको खाली ठाउँमा दैनिक उपभोग्य वस्तुहरुको मूल्यसूचिसहित सुरु भएको सस्तो पसल तीन दिनसम्म चल्नेछ ।

सस्तो पसलको बुधबार बिहान एक समारोहबीच सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले शुभारम्भ गरे । प्रमुख शर्माले सस्तो पसलमा राखिएको उपभोग्य सामान खरिद गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।

व्यापार संघले सस्तो पसल सुभारम्भकै अवसरमा दशैँ, तिहारलगतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरेको थियो । सोही कार्यक्रममा बोल्दै प्रमुख शर्माले उपभोक्ताको हीत र सुविधालाई मध्यनजर गर्दै सस्तो बजार सञ्चालन गरेकोमा व्यापार संघलाई धन्यवाद ज्ञापन दिए ।

प्रमुख शर्माले नगरपालिकाले करको दायरा बढाएको र संगसंगै सुविधा र प्रोत्साहनका समेत कार्यक्रम सञ्चालन गरेको बताउँदै निजी क्षेत्रको सहकार्यबाटै समृद्ध सैनामैना निर्माण गर्न सकिने बताए ।

कार्यक्रममा नगरपालिकाका संस्थापक प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाले उत्पादनमूलक क्षेत्रमा र खाद्य प्रशोधन उद्योग खोल्नेतर्फ दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए ।

व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेलले यसक्षेत्रका आम उपभोक्ताहरुमा केही भएपनि राहत र सहज होस् र विभिन्न उत्पादनहरु मूल्यसूचि सहित एकै ठाउँमा किनमेल गर्न सहज होस् भन्ने उद्देश्यले यो तीन दिने सस्तो बजारको आयोजना गरिएको बताए ।

सकेम्म सस्तो होस् र यहाँ आउने उपभोक्तालाई यो तीन दिनमा केही न केही भएपनि सहज होस् भन्ने उद्देश्यले यो सस्तो बजार सञ्चालन गरिएको अध्यक्ष पौडेलले बताए । ‘आर्थिक मन्दीले सबैक्षेत्र प्रभावित भइरहेका बेलामा हामीले सानो पहलबाट भएपनि उपभोक्तामा केही राहतको अनुभूति हुने काम गरौं भनेर यो जमर्को गरेका हौं’ अध्यक्ष पौडेलले भने-‘हाम्रो यो अभियानमा विभिन्न उद्योगबाट, विभिन्न प्रतिष्ठानहरुबाट सहयोग र सहकार्य भएको छ । यो व्यवस्था मिलाउन हाम्रो सिङ्गो कार्यसमिति खटिएको छ ।’

कार्यक्रममा उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक बिना राना, उद्योग बाणिज्य संघका अध्यक्ष प्रमेबहादुर खड्का, इलाका प्रहरी कार्यालय रन्यौराका प्रमुख प्रदीप पौडेल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, राजनीतिक दलका नेताहरु, उपभोक्ता हीत संरक्षण मञ्चका अध्यक्ष तथा प्रतिनिधिले शुभकामना व्यक्त गरे ।

सस्तो पसुलमा नुन, तेल, चिनी, मसला, साबुन, सरफ, दाललगायतका दैनिक उपभोग्य सामान राखिएको संघका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक देवीदत्त सुवेदीले बताए । सकेसम्म सस्तो, सुलभ र सहज तरिकाले यो बजार सञ्चालनको पहल गरिएको सुवेदीको भनाइ छ ।

चाडपर्वका अवसरमा अरु बेला भन्दा धेरै वस्तुको आफन्त, नातेदारहरुको आपसमा जमघट हुने र धेरै वस्तुको उपभोग हुने भएकाले खपत पनि बढ्छ । यहीँ बेलामा किनमेल पनि बढि हुने भएकाले केही दैनिक उपभोग्य वस्तुमा सुलभ मूल्य निर्धारण गरेर यहाँ विक्री वितरणका लागि राखिएको संघका प्रथम उपाध्यक्ष दीपेन्द्र ढकालले बताए ।

उपभोक्ताहरुले सुविधा अनुसार र तोकिएको परिणाममा यहाँबाट सामान किन्न सक्नेगरी प्रबन्ध मिलाइएको बताउँदै संघका महासचिव भीम सुवेदीले हरेक उपभोग्य वस्तुहरुको मूल्यसूचि टाँस गरिए सुलभ दरमा उपलव्ध गराइएको बताए ।

फोटो फिचर

 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : ०१ बजे

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्रीको उपस्थिति माग गर्दै विपक्षीको अवरोध, प्रतिनिधिसभा दोस्रोपटक स्थगित

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिको माग गर्दै विपक्षी दलहरूले

ईक्यान रुपन्देही र बुटवल हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्झौता

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) रुपन्देही र बुटवल

यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको अधिकारको विषयमा छलफल

बुटवल । निल हिरा समाज, रुपन्देहीको आयोजनामा बुधबार भैरहवामा यौनिक

दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले