२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

इनरव्हिल क्लव अफ मिडटाउन बुटवलद्वारा हिलपार्क परिषरमा बृक्षारोपण



बुटवल । इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले बृक्षारोपण गरेको छ । बुटवलको हिलपार्क परिषरमा आज बृक्षारोपण गरिएको हो ।

बर्ष २१/०२१ को पहिलो कार्यक्रमको रुपमा बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको हिलपार्कमा आंप, लिचि, अनार, धुपी, क्रिस्मस टी, सीतारा फूल, लगायतका बिरुवाहरु रोपिएको क्लवका अध्यक्ष मिष्ठु भण्डारी टण्डनले बताइन ।

क्लवकी अध्यक्ष भण्डारीको अध्यक्षता तथा बुटवल ७ का वडा अध्यक्ष कमल प्रताप थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै थापाले रोपिएका बिरुवाको संरक्षणका लागि पनि क्लवले ध्यान दिनुपर्ने बताए । सो अबसरमा क्षेत्री समाजका रुपन्देही अध्यक्ष गुप्त बहादुर केसी, इनरव्हिल मिडटाउनका पास्ट प्रेसिडेन्ट रिता केसी लगायतले बोलेका थिए ।

रोपिएका बिरुवाहरुको कार्यक्रम संयोजक एवं बुटवल नर्सरीका संञ्चालक सरला भण्डारीले सौजन्य गरेकी थिइन । सो कार्यक्रमको संचालन क्लवका सचिब रञ्जु गौतमले गरेकी थिइन । क्लवले बार्षिक कार्ययोजना बनाएर सामाजिक काम समेत गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ३१ बजे

इनिशालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन, थप अनुसन्धानका लागि सीआईबी टोली सुर्खेतमा

काठमाडौं । सुर्खेतमा १६ वर्षीया इनिशा विकको बलात्कारपछि हत्या भएको

यसवर्ष आँपमा राम्रो मञ्जरी, उत्पादन बढ्ने अपेक्षा

सिरहा । सिरहाको धनगढीमाई नगरपालिका-१३, ढुङ्गा टोलका आँपका बगैँचा यतिबेला

नाबालिका बलात्कारको आरोपमा कञ्चनपुरमा दुई जना पक्राउ

महेन्द्रनगर । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई

निर्वाचन आयोगद्वारा धनुषा-१ मा मातृका यादव विजयीभएको औपचारिक घोषणा

धनुषा । निर्वाचन आयोगलले धनुषा-१ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार

पश्चिम एसिया तनाब : उद्धार तथा आवश्यक सहायतालगायतका लागि विवरण दर्ताक्रम जारी

काठमाडौं । पश्चिम एसियाको द्वन्द्वपछि परराष्ट्र मन्त्रालयल अन्तर्गतको कन्सुलर सेवा