२९ मंसिर २०८२, सोमबार | December 15, 2025

इनरव्हिल क्लव अफ मिडटाउन बुटवलद्वारा हिलपार्क परिषरमा बृक्षारोपण



बुटवल । इनरव्हिल क्लव अफ मिडटाउन बुटवलले बृक्षारोपण गरेको छ । बुटवलको हिलपार्क परिषरमा आज बृक्षारोपण गरिएको हो ।

बर्ष २१/०२१ को पहिलो कार्यक्रमको रुपमा बुटवल उपमहानगरपालिका वडा नं ७ मा रहेको हिलपार्कमा आंप, लिचि, अनार, धुपी, क्रिस्मस टी, सीतारा फूल, लगायतका बिरुवाहरु रोपिएको क्लवका अध्यक्ष मिष्ठु भण्डारी टण्डनले बताइन ।

क्लवकी अध्यक्ष भण्डारीको अध्यक्षता तथा बुटवल ७ का वडा अध्यक्ष कमल प्रताप थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सो अबसरमा बोल्दै थापाले रोपिएका बिरुवाको संरक्षणका लागि पनि क्लवले ध्यान दिनुपर्ने बताए । सो अबसरमा क्षेत्री समाजका रुपन्देही अध्यक्ष गुप्त बहादुर केसी, इनरव्हिल मिडटाउनका पास्ट प्रेसिडेन्ट रिता केसी लगायतले बोलेका थिए ।

रोपिएका बिरुवाहरुको कार्यक्रम संयोजक एवं बुटवल नर्सरीका संञ्चालक सरला भण्डारीले सौजन्य गरेकी थिइन । सो कार्यक्रमको संचालन क्लवका सचिब रञ्जु गौतमले गरेकी थिइन । क्लवले बार्षिक कार्ययोजना बनाएर सामाजिक काम समेत गरिरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७७, शुक्रबार  ६ : ३१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले