२९ मंसिर २०८२, सोमबार | December 15, 2025

क्वारेन्टिनमा नबसी गाँउ पसेका २५ जनामा कोरोना संक्रमण, गाउँमा त्रास



बझाङ । क्वारेन्टाईन छाडेर गाँउ फर्किएका २५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

रिपोर्ट आउने निश्चित नभएको भन्दै एक साता अघि गाँउ छिरेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएपछि गाउँमा अहिले त्रास फैलीएको छ । केदार स्युँ गाँउपालिकाको वडा नम्बर ६ र ७ का भारतबाट फर्किएका स्थानीयहरु क्वारेन्टाईनमा बस्दै आएका थिए ।

१४ दिन क्वारेन्टाईनमा बसेका १२५ जनाको स्वाब परिक्षणका लागी डडेल्धुरा पढाईएको थियो । उप क्षेत्रीय अस्पताल डडेल्धुराले उक्त स्वाब परिक्षणका लागी काठमाडौ पठाईको र २५ जनामा कोरोना पुष्टि भएको थियो । अहिले पोजेटिभ रिपोर्ट आएकाहरुको स्थानीय तहले खोजी गरी गाँउपालिकाको आईसोलेसनमा राखीएको केदार स्युँ गाँउपालिकाका अध्यक्ष ईन्द्र बहादुर भण्डारीले बताए । स्वाब परिक्षणको नतीजा एक हप्ता सम्म नआएपछि क्वारेन्टाईनमा बसेकाहरुमा कोरोनाको कुनैपनि लक्षण नदेखिएको भन्दै पठाइएको थियो ।

उनीहरु एक हप्ता गाँउमा बसेको र अन्यसंग भेटघाट गरेकाले उनीहरुसंग सम्पर्कमा आएकाहरुको समेत स्वब संकलन गरी पिसीआर परिक्षण गरिने तयारी भएको प्रमुख जिल्ला अधिकारी कमराज भण्डारीले बताए । यो सामाग्री आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ६ : ४८ बजे

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू