२७ फाल्गुन २०८२, बुधबार | March 12, 2026

बैंकका कर्मचारी संक्रमित भएसँगै देवदहमा पैदल यात्रामा समेत प्रतिबन्ध



देवदह । रुपन्देहीको देवदह नगरपालिकाको खैरेनीमा रहेको बैंकका एक जना कर्मचारीलाई कोरोना संक्रमण भएसंगै देवदह नगरपालिकामा अत्यावश्यक बाहेकका अन्य सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।

देवदहको खैरेनीमा रहेको गरिमा विकास बैंकमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द गरिएको हो ।

नगरपालिकाको कार्यपालिकाको आकस्मिक बैठकले आज मंगलबार राती १२ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि देवदह क्षेत्रमा अत्यावश्यक बाहेक पैदलयात्रा गर्न सम्म नपाईने गरि निर्णय भएको छ ।

बैठकले रामार्ग क्षेत्र बाहेकका स्थानमा सवारीका साधनहरु चल्न नदिने, कुनैपनि पेशा, व्यवसाय सञ्चालन नगर्ने सहितका निर्णय गरेको उपप्रमुख विद्या लक्ष्मी गुरुङले जानकारी दिइन् ।

बैकंका कर्मचारीमा कोरोना संक्रमण देखिएसंगै अर्को सुचना नआउँदा सम्मको लागि नगरक्षेत्रमा लकडाउन गरिएको उप प्रमुख गुरुङले बताइन । गुरुङका अनुसार अत्यावश्यक सेवाहरु भने रोकिने छैनन् ।

तत्कालका लागि खाद्यान्न पसल सहित उद्योगधन्दा र अरु सबै व्यापार व्यवसाय पनि समेत बन्द गरिने छ । उता गरिमा विकास बैंकका कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएपछि बैंकका करीब ११ जना होम क्वानरेन्टिनमा छन् ।

कर्मचारीका परिवार, उनले सेवा लिएको मेडिकल, प्याथोलोजी, बैंकमा सेवा लिन आएका सेवाग्राहीहरु र बैंकका अन्य कर्मचारीसहित २५ जनाको पीसीआर परीक्षणका लागि तयारी भएको देवदह नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलबार  ९ : ३१ बजे

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौँ । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा बाह्य

सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो, मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा विप्रेषण

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि

मल अभाव हुन नदिन करिब २५ हजार मेट्रिकटन मल पुनः आयात गरिँदै

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले चालु आवमा करिब