२४ माघ २०८२, शनिबार | February 7, 2026

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने



काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आगामी २०८४ को आम निर्वाचनमा भाग लिने भएको छ । वैशाख ५-९ गतेसम्म कपिलवस्तुमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउँदै महासचिव विप्लवले चुनावको प्रयोग गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

बैठकको निर्णय सुनाउदै उनले भने- ‘चुनावलाई २०औं शताब्दीको संसदीय कोणबाट मात्रै हेर्नुहुँदैन । २१औं शताब्दीको विशेषता, अहिलेका विभिन्न खालका प्रवृत्तिहरू नयाँ वर्ग, विकास भएको प्रविधि ज्ञान, चरित्रबाट नापेर चुनावलाई समाजवाद प्राप्तको एउटा अभियानमा बदल्न सकिन्छ । बदल्ने गरी सोच्नुपर्छ ।’

उनले संघर्षको नयाँ मोर्चाको रूपमा देशलाई समाजवादमा लैजाने गरी चुनावको प्रयोग गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको बताए । विप्लव नेतृत्वको पार्टीले यसअघि संसदीय चुनावको विरोध गर्दै आएको थियो ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ३ : ४३ बजे

सप्तरीमा शंकास्पद वस्तु विस्फोट, चार बालक घाइते

सप्तरी । सप्तरीको रुपनी गाउँपालिका-६ स्थित दुधैला खोलामा शंकास्पद वस्तु

टी-२० विश्वकपको पहिलो खेलमा पाकिस्तानको रोमाञ्चक जित, नेदरल्याण्ड्स तीन विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा पाकिस्तानले

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा