१६ भदौ २०८३, मंगलबार | September 1, 2026

कर्णालीको शिक्षा सुधार गर्न शिक्षक दरबन्दी थप गर्नुपर्छ : मुख्यमन्त्री कँडेल



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न शिक्षकको दरबन्दी थप गर्नुपर्ने बताएका छन् । उनले पुरानो दरबन्दीका शिक्षकले मात्र सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न नसकिने बताए ।

‘प्रिन्सिपल एसोसिएसन अफ नेपाल’ सुर्खेतको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सामुदायिक विद्यालयमा भएका शिक्षकको पुरानै दरबन्दीअनुसार अघि बढ्न नसकिने जिकिर गरे। “२०५१ सालको भन्दा अहिले अवस्था फरक छ, जनसङ्ख्या र विद्यालयको सङ्ख्या दुवै बढेका छन्”, उनले भने, “आवश्यक दरबन्दी कायम गरेर सामुदायिक शिक्षालाई सुधार गर्दै लैजान आवश्यक छ । त्यसका लागि केन्द्रमै शिक्षा सुधार गर्न जरुरी छ ।”

तीन तहको सरकार भए पनि सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन नसकेको मुख्यमन्त्री कँडेलको भनाइ छ । सीमित स्रोत साधनकै बीच कर्णालीको शिक्षालाई सुधार गर्नुपर्नेमा उनको जोड छ । कँडेलले क्षमताअनुसार शासन चलाउन सङ्घीयता ल्याइएको तर अपेक्षाअनुसार काम गर्न नसक्दा जन आक्रोश बढिरहेको बताए। विगतमा दामासाहीले बजेट विनियोजन गर्ने प्रचलन भएको उनको धारणा थियो ।

“प्रदेशभरिकै विद्यार्थी वीरेन्द्रनगर केन्द्रित हुने, भौतिक संरचनादेखि सबै कुराको अभाव हुने अवस्था अब सुधार गर्ने प्रयास गर्छु”, उनले भने । कार्यक्रममा जन नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक एवम एशोसिएसनका केन्द्रीय सदस्य यामबहादुर श्रेष्ठले कार्यपत्र पेस गरेका थिए ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार  ३ : ३७ बजे

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

वेपत्ता नागरिकका परिवारलाई राज्यले अभिभावकत्व प्रदान गर्छ : मुख्यमन्त्री आचार्य

नवलपरासी पश्चिम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाढी तथा

भोटेकोसी बाढी अपडेट : मृतकको संख्या ९८७ पुग्यो, ३ हजार ९ सयभन्दा बढी अझै बेपत्ता

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा