३ श्रावण २०८३, आइतबार | July 19, 2026

सूचना प्राप्तिको माध्यम सामाजिक सञ्जाल मात्र बनाउने प्रवृति घातक



काठमाडौं । श्रमजीवि सञ्चारकर्मीहरुको पहलमा संघीय राजधानी काठमाडौं र लुम्बिनी प्रदेशको आर्थिक राजधानी बुटवलबाट एकैदिन कार्यालय सञ्चालन गरी संज्ञान मिडिया प्रालीको व्यानरमा सुरु भएको खबरकुरा डटकम चारवर्षको पुगेको छ । आज हामी पाँचौं वर्षमा प्रवेश गरेका छौं । कैयौं संकट र चुनौतीका बीचबाट पनि चार वर्ष पुरा गर्न पाएको खुशी हाम्रा पाठक, विज्ञापनदाता, सहयोगी, शुभचिन्तकहरुलाई साट्न पाउँदा हामी हर्षित छौं । पाँचौं वर्ष प्रवेशको अवसरमा हामीलाई साथ सहयोग र माया गर्ने देश विदेशमा रहनुभएका आम पाठकप्रति नमन व्यक्त गर्न चाहन्छौं । यहाँहरुले हामीप्रति दर्शाउनु भएको विश्वास, माया, सद्भावले नै हामीलाई निरन्तर अघि बढ्ने हौसला प्रदान गरेको छ । यो हौसलालाई कायमै राख्ने प्रतिवद्धता जनाउँछौं ।

आजको युगमा आम जनमानसमा सूचना सम्प्रेषणका लागि कैयौं माध्यमहरु सक्रिय छन् । हाते प्रेसबाट सुरु भएको नेपालको पत्रकारिता छापा माध्यम, टेलिभिजन रेडियो हुँदै तिब्र गतिको अनलाइन माध्यमबाट संचालन भैरहेको छ । आम संचारको नविनतम माध्यम रहेको अनलाइनलाई अझ बढी पठनीय र विश्वसनीय बनाउने काम यसका संचालकहरुको हो । यसमामिलामा खबरकुराले आफ्नो धर्म सधैं इमान्दारिताका साथ निर्वाह गर्दैआएको र भविष्यमा पनि यसै आदर्शमा कायम रहिरहनेछ । चार वर्षको यात्रामा समाजमा रहेका विकृति विसंगतीका विरुद्ध कलम चलाउन कहिँकतै हामी डगमगाएनौं । भ्रष्टाचार र कुशासनका विरुद्ध कलम चलाउन डराएनौ । समाज, समुदाय र मुलुक परिवर्तनका लागि भएका सकारात्मक पहलकदमीको प्रशंसा गर्न पनि कहिँकतै चुकेनौं । निर्भिक र तटस्थ समाचार लेख्न नडग्मगाउने हाम्रो सम्पादकीय नीतिलाई कहिल्यै कमजोर बनाएनौं । यो प्रतिवद्धता भोलि पनि कायमै रहनेछ ।

यद्यपी, संचारमाध्यम संचालनका लागि आजको दिन चुनौतिपूर्ण र भोलि झन बढी चुनौती थपिँदै जाने निश्चित छ । एकातिर राज्यसंयन्त्रको दुरुपयोग गर्दै संचारमाध्यममाथि आक्रमणका घटना बढ्दै गएका छन् । सार्वजनिक सूचना प्राप्तिको माध्यम सामाजिक सञ्जाललाई मात्र बनाउने र त्यसमै मात्र विश्वास गर्ने प्रवृतिको समेत विकास हुँदैछ । यी दुवै प्रवृति वास्तविक संचार माध्यमका लागि घातक बन्दै गएका छन् । नियमन भन्दा बाहिर रहेको सामाजिक सञ्जालबाट प्रेषित हुने सही सूचना भन्दा पनि अफवाह र गलत खबरले निम्त्याउने खतराले सिंगो समाजलाई नै दुषित बनाउने अवस्था समेत रहन्छ । भीडको मनोविज्ञानले निर्देशित गर्ने भाष्यलाई साझा गर्दा समाज सकारात्मक भन्दा नकारात्मक प्रतिक्रियाको मुडमा पुग्ने अवस्था आउँछ । यस्तो, अवस्थामा निर्भिक र निडरताका साथ सत्य, तथ्य र तार्किक समाचार सम्प्रेषण गर्नु चुनौतिपूर्ण रहन्छ । अर्कोतिर, सिंगो देशको अर्थतन्त्र कमजोर बन्दा त्यसको प्रत्यक्ष मारमा समेत संचारमाध्यमहरु परिरहेको अवस्था छ । यद्यपी सबैखाले चुनौतीहरुबाट हामीलाई बचाइराख्न आदरणीय पाठक र विज्ञापनदाताहरुको सहयोग अतुलनीय छ ।

भीडको मनोविज्ञानबाट तय गरिने सूचनाबाट जोगिँदै पाठकलाई सत्य, निष्पक्ष र विश्वसनीय सामग्री दिलाउनु नै हाम्रो मूल लक्ष्य हो । हामी सधैंभर रचनात्मक प्रतिपक्षको भूमिकामा रहने पुनः प्रतिवद्धता जनाउन चाहन्छौं ।

अन्त्यमा, आज जेठ १५ । संघीय गणतन्त्र स्थापना भएको दिन अर्थात लोकतान्त्रिक आन्दोलनको उत्कर्षको दिन । लाखौं जनताको सहभागिता र हजारौं जनताको वलिदानी संघर्षबाट नेपालमा गणतन्त्र स्थापना भएको थियो । हामी गणतन्त्र दिवसको अवसरमा हाम्रा पाठक, विज्ञापनदाता, शुभचिन्तकहरुप्रति शुभकामना समेत व्यक्त गर्न चाहन्छौं ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलबार  ७ : ४० बजे

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौं । बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा