६ श्रावण २०८३, बुधबार | July 22, 2026

सिटिजन बैंकद्वारा खानेपानी संस्थालाइ मिटर रिडिङ्ग मेसिन प्रदान



बुटवल । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले रुपन्देहीको देवदह भलुहिस्थित भलुही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई खानेपानी मिटर रिडर मेसिन प्रदान गरेको छ ।

खानेपानी उपभोक्ता समितिका पदाधिकारी, उपभोक्ता, समाजसेवी, बैंकका कर्मचारीको उपस्थितीमा  सिटिजन बैंक इन्टरनेसनल बैंकका लुम्बिनी प्रदेश बुटवल पुर्वका कलस्टर हेड कपिल पोखरेलले खानेपानी संस्थाका अध्यक्ष राम प्रसाद सापकोटालाइ उक्त मेसिन हस्तान्तरण गरे ।

खानेपानी संस्थाका अध्यक्ष राम प्रसाद सापकोटाले सिटिजन बैंकले मिटर रिडिङ्ग मेसिन सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै बैंकका ग्राहक र खानेपानी सस्थाका उपभोक्ता एउटै भएकोले आगामी दिनमा साझेदारी गरेर अगाडि बढिने बताए ।

कलस्टर हेड कपिल पोखरेलले बैंकले जनताको वित्तीय आवश्यकता परिपुर्ति गर्न बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिए ।

बैंकका भलुही शाखा प्रबन्धक विष्णु पाण्डेले बैंकले उत्कृष्ट बैंकिङ्ग सेवा सगै सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मिटर रिडिङ्ग मेसीन हस्तान्तरण गरिएको जानकारी दिए।

प्रकाशित मिति : २४ असार २०८१, सोमबार  १० : ४२ बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज