१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि, पदाधिकारी चयन गरिदै



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय पदाधिकारीको टुङ्गो लगाउन केन्द्रीय कमिटीको पूर्ण बैठक आज बस्दै छ ।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्षसहित १८ पदाधिकारी रिक्त रहेकाले त्यसलाई पूर्णता दिन बैठक आह्वान गरिएको छ । बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा मङ्गलबारसम्म बस्ने बताइएको छ ।

पार्टीमा ३४४ सदस्यीय केन्द्रीय रहेकामा २५१ केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न बाँकी रहेकाले सो बैठकमा उनीहरूलाई शपथ गराएर जिम्मेवारी तोकिनेछ ।

पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सातै प्रदेशबाट भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर केन्द्रीय कमिटीको पूर्ण बैठकले पदाधिकारी चयन गर्न मापदण्ड बनाउन लागिएको छ ।

बैठकबाट क्लष्टरका आधारमा केन्द्रीय कमिटीमा नेतालाई व्यवस्थापन गर्ने, युवा, दलित, जनजाति, अल्पसङ्ख्यक, पिछडिएका वर्गलाई पदाधिकारीमा समेट्ने तयारी गरिएको छ ।

प्रकाशित मिति : ९ भदौ २०८१, आइतबार  ७ : ३० बजे

अङ्ग्रेजी नयाँ वर्षमा नेपालगञ्जका होटलमा विशेष प्याकेज

नेपालगन्ज । नेपालगञ्जमा रहेका होटलले अङ्ग्रेजी नयाँ वर्ष २०२६ मा

राष्ट्रिय च्याउ दिवस : नेपालमा एक हजार १५० प्रजातिका च्याउ, सय प्रजातिका विषालु

काठमाडौँ । च्याउको महत्व प्रचारप्रसारमार्फत गुणस्तरीय च्याउ उत्पादन प्रवद्र्धन, खाद्य

प्रसाईलाई बुद्धको तस्बिर उपहार दिँदैै प्रधानमन्त्रीले भनिन् – ‘शान्ति कायम राख्ने अभियानमा साथ दिनुहोस्’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र अमनचयन कायम

नेपालगन्ज भन्सार : पाँच महिनामा सात अर्ब ६५ करोड बढी राजस्व सङ्कलन, लक्ष्यमा कमजोर

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को

काम नगरेर रुग्ण बनाइएका ठेक्का तोड्नु हाम्रो बाध्यता : मन्त्री घिसिङ

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र